Advertisement

हाम्रो बारेमा

कञ्चनपुरमा सवारी दुर्घटना : एक जनाको मृत्यु

समाचार
धनगढी  -  कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।   शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पुर्ब पश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई आइतवार बिहान ठक्कर दिएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक शिवराज अवस्थी र १३ वर्षका बालकृष्ण अवस्थी उपचार पश्चात डिस्चार्ज भएका छन् । बस र बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।...

कञ्चनपुरको कृष्णपुरमा निशुल्क आँखा शिविर सञ्चालन

समाचार
धनगढी - कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ ।  कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा न.१ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले निशुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन । भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा,गोजे क्षेत्रबाट आँखा शिविरको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको उपप्रमुख रानाले बताइन ।  नगरप्रमुख रानाले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको भन्दै सबै नागरीकहरुले सेवा लिनुपर्ने बताइन ।  वडाका थप दुई ठाउँमा आँखा शिविर सञ्चालन हुने भएपनि नगरप्रमुख हेमराज ओझाले कुमगडा,गोजे क्षेत्रका नागरिकलाई निगाली र दोमिल्लामा आउन जान गाहृो पर्ने भएकोले कुमगडा,गोजे मै सेवा दिन आग्रह गरेका थिए त्यसैले यतैबाट सेवा दिएको वडा न.१ का अध्यक्ष ...
धनगढीको सिपी अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर !

धनगढीको सिपी अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर !

समाचार
कञ्चनपुरको लालझाडीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लालझाडी युवा क्लव–११ का पुर्व सल्लाहकार सदस्य स्वर्गीय बिष्णुबहादुर दानपालीको सम्झना तथा स्मृतिमा र धनगढीको चटकपुरमा रहेको सिपि अस्पताल सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । बाईसी बिचवा स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले उद्घाटन गरेका थिए । स्वास्थ्य शिविरमा सिपी अस्पतालका बरिष्ठ चिकित्सक सिपी पाण्डेय लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका छन् उनीहरुले शिविरमा आएका विरामीहरुलाई विभिन्न चेकजाँच गर्नुका साथै निशुल्क भिडियो एक्सरे लगायतका सेवाहरु दिएका हुन् । स्वास्थ्य शिविरमा ६ सय ५३ जनाले स्वास्थ्य जाँच गराएका छन भने ७० जनाले भिडियो एक्सरे सेवा लिएका छन् । स्वास्थ्य शिविरमा निःशुल्क रुपमा औषधी बितरण गरिएको थियो ।...

एमालेको संकल्प यात्रा आज समापन गरिँदै

समाचार
कैलाली - नेकपा (एमाले)ले सुरु गरेको संकल्प यात्राको आज समापन गरिँदै छ । चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहराएर गत मंसिर १४ गतेदेखि सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रूपमा सम्पन्न गरिने भएको हो । आजको यात्रा १०१ किलोमिटर रहेको छ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झन्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ ।...

टीकापुर अस्पतालले माग्यो ९ जना कर्मचारी

समाचार
धनगढी - टीकापुर अस्पतालले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ ।  अस्पतालले आइतवार एक सूचना जारी गर्दै करार सेवामा ९ जना कर्मचारी मागेको हो । अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तह सर्जरी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट नवौँ तहमा एनेस्थेसियोलोजी र कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौँ तह रेडियोलोजीमा एक एक जना मागेको छ । यस्तै मेडिकल अधिकृत आठौँ तहमा जनरल हेल्थ सर्भिसेज ५ जना माग गरिएको छ ।...

‘काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति’ लोकार्पण

समाचार
कैलाली - वरिष्ठ लोक गायक एवम् संस्कृतविद् यज्ञराज उपाध्यायको 'काली-कर्णालीको लोक साहित्य तथा संस्कृति' नामक पुस्तक सांस्कृतिक झाँकीसहित लोकार्पण गरिएको छ। काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज-अनुसन्धान गरी लेखिएको विशद ग्रन्थ आज मंगलाचरण, स्वस्ति वाचन, फाग, चैत, पुतला, हुड्केली, छलोका साथ प्रज्ञा प्रतिष्ठानको डबलीमा लोकार्पण गरिएको हो। राईझुमालगायत प्रसिद्ध डेउडा गीतका गायकसमेत रहेका उपाध्यायले करिव २५ वर्ष लगाएर तयार गरेको पुस्तकलाई संस्कृतिविद् जगमान गुरुङ, प्रा. डा. वीणा पौड्याल, लेखक तथा कवि सुभाषचन्द्र भण्डारी र कवि डा. नवराज लम्सालले लोकार्पण गरेका हुन्। ९८४ पृष्ठको उक्त पुस्तकलाई वक्ताहरूले विश्वकोशको संज्ञा दिएका छन्। पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाएर मौलिक स्वरूपमै विधागत विषय संकलन गरी समावेश गर...

मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु

समाचार
कैलाली - चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका-१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए । बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी दिनुभयो ।...

जनकपुरधाममा आज ‘राम-सीता’को विवाह गरिंदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

समाचार
कैलाली - आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ । विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा २०८० को क्यालेन्डरमा छुट्याएको छ । जुन राजपत्रमा समेत प्रकाशित छ ।...

टिपरले ठक्कर दिँदा २ जना युवकको मृत्यु 

समाचार
कैलाली - दाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ गइरहेका रा२प ५५८९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति सवा ९ बजे दाङको घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बताए । प्रहरीले टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका-९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिएको छ ।...
मष्टा गाउँपालिकामा सिकाइ आपुरण तथा द्रुत सिकाइ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

मष्टा गाउँपालिकामा सिकाइ आपुरण तथा द्रुत सिकाइ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

बझाङ, मुख्य समाचार
बझाङ : मष्टा गाउँपालिकामा सिकाइ अनुपरण तथा द्रुत सिकाइ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ।कोभीड १९ जस्ता बिपदका कारण शिक्षा क्षेत्रमा परेको असरलाई मध्यनजर गरि शिक्षा तथा मानबस्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरले तयार पारेको सिकाइ अनुपरण तथा द्रुत सिकाइ योजना (Real plan ) सम्बन्धि मष्टा गाउँपालिका भित्रका ३४ वटौ बिध्यालयका प्रधानाध्यापक र शिक्षा सङ सरोकार राख्ने निकायसङ गहन छ्लफल भएको छ। बिपदका कारण धरासायी बन्दै गएको शिक्षा क्षेत्रको बिकासका लागि आगामी दिनमा कसरी अगाडि बढ्ने बारे आर्ययोजना तयार पार्दै बृहत छलफल गरेको शिक्षा अधिकृत पृर्थुराज जोशीले बताउनु भयो । अभिमुखिकरण कार्याक्रमका अध्यक्ष मष्टा गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा वडा न ४ का अध्यक्ष उत्तम जोशी रहनु भएको थियो। उहाँले कार्याक्रममा बोल्दै : गुणस्तरिय शिक्षा बिना बिध्यार्थीको भबिस्यको सुनिश्चित नहुने बताए । ग...

बाजुरामा ट्याक्टर दुर्घटना : धनगढीका एक जनाको मृत्यु

समाचार
धनगढी - बाजुरामा ट्याक्टर दुर्घटना हुँदा धनगढीका एक पुरुषको मृत्यु भएको छ । बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा खर्रा स्थित साँफे–मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको ट्राली नजोडेको ट्याक्टर रोडबाट अन्दाजी १०० मिटर तल खसेर शुक्रवार साँझ दुर्घटना भएको हो । दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४२ वर्षीय बिरसिंह चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले बताएको हो ।  घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाजुरा प्रहरीले जनाएको छ ।...

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार
धनगढी - कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ स्थित पाउरोटी चोकबाट ८३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २६ वर्षीय शंकर खत्री शुक्रवार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले खत्रीलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस्तै लम्कीचुहा नगरपालिका–५ चौरीबाट १७० मिलिग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने १९ वर्षीय कमल रावललाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।  रावललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज