Advertisement
Thursday, May 22

कञ्चनपुरको कृष्णपुरमा निशुल्क आँखा शिविर सञ्चालन

Advertisement

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ । 

कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा न.१ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले निशुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन ।

भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा,गोजे क्षेत्रबाट आँखा शिविरको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको उपप्रमुख रानाले बताइन । 

नगरप्रमुख रानाले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको भन्दै सबै नागरीकहरुले सेवा लिनुपर्ने बताइन । 

वडाका थप दुई ठाउँमा आँखा शिविर सञ्चालन हुने भएपनि नगरप्रमुख हेमराज ओझाले कुमगडा,गोजे क्षेत्रका नागरिकलाई निगाली र दोमिल्लामा आउन जान गाहृो पर्ने भएकोले कुमगडा,गोजे मै सेवा दिन आग्रह गरेका थिए त्यसैले यतैबाट सेवा दिएको वडा न.१ का अध्यक्ष मोहन बहादुर बस्नेतले बताए । 

विकासका दृष्ट्रिकोणले पछि परेको कुमगडा,गोजे क्षेत्रको समग्र विकास कसरी गर्न सकिन्छ भनेर सबैजना चिन्तित रहेको भन्दै बिस्तारै विकास निर्माणका गतिविधि समेत अगाडी बढ्ने उनले बताए । 

आँखा शिविरमा प्राविधिक सहयोग गरिरहेको संस्था धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले नगरपालिकासँग जोडिएर दुरदराजका नागरिकको सेव गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले धनगढी नेत्रालयले कुनै रकम नलिएर कृष्णपुर नगरपालिकामा १७ दिनसम्म सेवा गर्ने बताए । 

आँखा शिविरमा सेवा लिन आएकी स्थानिय प्रमिला जेठाराले कुमगडा,गोजे क्षेत्रमा आजसम्म यस्ताखाले शिविर कहिल्यै नआएको भन्दै सेवा लिन पाउँदा अन्यन्तै खुशी लागेको बताइन् । 

त्यस्तै स्थानीय दिल बहादुर खत्रीले आफूहरुका लागि पनि स्थानीय सरकार भएको अनुभुति भएको भन्दै जनप्रतिधिलाई धन्यवाद दिए । 

आँखा शिवरको पहिलो दिन वडा न.१ को कुमगडा,गोजे क्षेत्रका १६८ जनाले सेवा लिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्टले जानकारी दिए । 

शिविरमा निशुल्क आँखा जाँच,आवश्यक पर्नेलाई निशुल्क चश्मा वितरण र अप्रेशन गर्नुपर्ने बिरामीलाई आफ्नै सवारी साधनमा राखेर निशुल्क अप्रेशन गरिने धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले बताए ।

आजबाट शुरु भएको निशुल्क आँखा शिविर नगरका ९ वटै वडाका १२ वडा स्वास्थ्य संस्थामा गरी पौष १७ गतेसम्म सञ्चालन गरिनेछ । 

कृष्णपुर नगरपालिका वडा न. १ का अध्यक्ष मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगरउपप्रमुख द्रोपती राना प्रमुख अतिथि रहेका थिइन । त्यस्तै कार्यपालिका सदस्य मदन नेपाली,दिल बहादुर टमाटा,रत्ना कुमारी बोहरा,धनगढी नेत्रालयको नेत्र विशेषज्ञ टोली, कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्ट लगायतको उपस्थिति रहेको थियो ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज