Advertisement

कञ्चनपुरको कृष्णपुरमा निशुल्क आँखा शिविर सञ्चालन

Advertisement

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ । 

कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा न.१ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले निशुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन ।

भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा,गोजे क्षेत्रबाट आँखा शिविरको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको उपप्रमुख रानाले बताइन । 

नगरप्रमुख रानाले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको भन्दै सबै नागरीकहरुले सेवा लिनुपर्ने बताइन । 

वडाका थप दुई ठाउँमा आँखा शिविर सञ्चालन हुने भएपनि नगरप्रमुख हेमराज ओझाले कुमगडा,गोजे क्षेत्रका नागरिकलाई निगाली र दोमिल्लामा आउन जान गाहृो पर्ने भएकोले कुमगडा,गोजे मै सेवा दिन आग्रह गरेका थिए त्यसैले यतैबाट सेवा दिएको वडा न.१ का अध्यक्ष मोहन बहादुर बस्नेतले बताए । 

विकासका दृष्ट्रिकोणले पछि परेको कुमगडा,गोजे क्षेत्रको समग्र विकास कसरी गर्न सकिन्छ भनेर सबैजना चिन्तित रहेको भन्दै बिस्तारै विकास निर्माणका गतिविधि समेत अगाडी बढ्ने उनले बताए । 

आँखा शिविरमा प्राविधिक सहयोग गरिरहेको संस्था धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले नगरपालिकासँग जोडिएर दुरदराजका नागरिकको सेव गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले धनगढी नेत्रालयले कुनै रकम नलिएर कृष्णपुर नगरपालिकामा १७ दिनसम्म सेवा गर्ने बताए । 

आँखा शिविरमा सेवा लिन आएकी स्थानिय प्रमिला जेठाराले कुमगडा,गोजे क्षेत्रमा आजसम्म यस्ताखाले शिविर कहिल्यै नआएको भन्दै सेवा लिन पाउँदा अन्यन्तै खुशी लागेको बताइन् । 

त्यस्तै स्थानीय दिल बहादुर खत्रीले आफूहरुका लागि पनि स्थानीय सरकार भएको अनुभुति भएको भन्दै जनप्रतिधिलाई धन्यवाद दिए । 

आँखा शिवरको पहिलो दिन वडा न.१ को कुमगडा,गोजे क्षेत्रका १६८ जनाले सेवा लिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्टले जानकारी दिए । 

शिविरमा निशुल्क आँखा जाँच,आवश्यक पर्नेलाई निशुल्क चश्मा वितरण र अप्रेशन गर्नुपर्ने बिरामीलाई आफ्नै सवारी साधनमा राखेर निशुल्क अप्रेशन गरिने धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले बताए ।

आजबाट शुरु भएको निशुल्क आँखा शिविर नगरका ९ वटै वडाका १२ वडा स्वास्थ्य संस्थामा गरी पौष १७ गतेसम्म सञ्चालन गरिनेछ । 

कृष्णपुर नगरपालिका वडा न. १ का अध्यक्ष मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगरउपप्रमुख द्रोपती राना प्रमुख अतिथि रहेका थिइन । त्यस्तै कार्यपालिका सदस्य मदन नेपाली,दिल बहादुर टमाटा,रत्ना कुमारी बोहरा,धनगढी नेत्रालयको नेत्र विशेषज्ञ टोली, कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज