Advertisement

हाम्रो बारेमा

यस्तो छ आजको मौसम 

समाचार
कैलाली -  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।...

राष्ट्रिय सभा चुनावका लागि १२ दल दर्ता

समाचार
कैलाली - माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन ।  निर्वाचन आयोगले आज शुक्रबारसम्मका लागि दल दर्ताको समय तोकेको थियो । राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गत...

एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

समाचार
धनगढी - धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्।  फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। फाइनल खेल शनिवार हुनेछ।  आज सम्पन्न पहिलो सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्यो।घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्यो।  धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान बमले सर्वाधिक २५ रन बनाए। प्रनित थापाले २१ तथा सुनिल धमलाले १८ रन बनाए।  घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले २/२ विकेट तथा हरिश बस्नेत र भुपेश जोशी १/१ व...

केएमसीको प्रस्तुति ‘बीबीएम फेस्ट २०२३’ सम्पन्न 

समाचार
धनगढी - केएमसीको प्रस्तुति 'बीबीएम फेस्ट २०२३' आज शुक्रबार सम्पन्न भएको छ । धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसको बीबीएम सातौं सेमेस्टरका विद्यार्थीहरुद्वारा आयोजित बीबीएम फेस्ट आज रुबस होटलमा समापन गरिएको हो । असोज ८ गतेबाट सुरुवात भएको उक्त फेस्ट अन्तर्गत क्याम्पसमा स्टल प्रदर्शनी, साङ्गितिक र खेलकुद लगायतका विभिन्न कार्यक्रम गरिएका थिए । कैलाली बहुमुखी क्याम्पसका सह-क्याम्पस प्रमुख, ठाकुर प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको आजको समापन कार्यक्रममा बीबीएम फेस्टका कार्यक्रम संयोजक तथा बीबीएम सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी, फणेन्द्र ओझाको अध्यक्षता रहेकोे थियोे । कार्यक्रममा साङ्गितिक, नृत्य प्रस्तुति, पुरस्कार वितरण, अतिथिहरुको शुभकामना मन्तव्य र प्यानल डिस्कसन लगायतका कार्यक्रम गरिएका छन् ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्याम्पसका सह-क्याम्पस ...
गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे

गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे

समाचार
धनगढी- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट अनसन सुरु गरेका हुन्। डा केसी गेटा अस्पतालमा अनसन बस्न पुगेका थिए। तर त्यहाँ अनसन बस्न नदिएपछि डा केसीले धर्मशालाबाट अनसन सुरु गरेका  हुन्।  गेटा मेडिकल कलेजको सञ्चालन लगायत पुराना मागको कार्यान्वयन सहित डा केसीले मुख्य दुई बुँदे माग राखेर अनसन सुरु गरेका हुन्।  उनका निकट डाक्टर अमृत जोशीले भने –‘गेटा मेडिकल कलेजमा सत्याग्रहमा बस्न नमिलेपछि मन्दिरको धर्मशालाबाट अनसन शुरु गर्नुभएको हो।’ डा केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन्। यस्तै, १०० शय्या भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ ...
दुई बुँदे माग राख्दै डा गोविन्द केसीले आज साँझबाट तीन दिने अनसन सुरु गर्दै

दुई बुँदे माग राख्दै डा गोविन्द केसीले आज साँझबाट तीन दिने अनसन सुरु गर्दै

समाचार
काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रह सुरु गर्न लागेका छन्। डा केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्। डा केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेको १० दिन मात्र भए पनि डा केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका हुन्।  डा केसीले यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने सहित सरकारी अस्पतालमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निशुल्क औषधिहरु सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने मागहरु रहेका छन्। हेरौं डा केसीका मुख्य दुई बुँदे माग१. सशस्त्र द्वन्द्वकालमा भए...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

समाचार
कैलाली - कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको हो । भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्‍याउदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको  जनाइएको छ ।...

बाजुरामा भूकम्पपीडितलाई पठाइएको ८ करोड फिर्ता

समाचार
कैलाली - बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको रु १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ ।  पहिलो किस्ताको रु १४ करोडमध्ये रु १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । सो रकम विपद् व्यवस्थापन कोषमा  पठाइएको उनले बताए ।  भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो।   प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुुपर्ने भएकाले रकम फिर्ता ...
धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर! !

धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर! !

समाचार
धनगढी : धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर मनोनीत भएका छन्। आज बसेको बैठकले कुँवरलाई अध्यक्षमा मनोनीत गरेको हो। यस अगाडि अध्यक्ष रहेका दिनेश जोशी टिमबाट बाहिरिएपछि उनी अध्यक्षमा मनोनीत भएका हुन्। यस्तै सदस्यमा सुधिर भट्ट, एकेन्द्र मल्ल, डन्डीराज खनाल र पुष्कर जैशी र विवेक जोशी मनोनीत भएका छन्।...

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

समाचार
कैलाली - कैलालीमा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।  गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकि थिइन् ।  घाइते जोशीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।  उपचार सम्भव नभएपछि अस्पतालले उनलाई दिउँसो मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् । ...

नेप्सेमा सामान्य अंककाे वृद्धि, तीन अर्ब १५ करोडकाे काराेबार 

समाचार
कैलाली - साताको कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक नेप्से आज ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको छ । आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको सेयर उकालो लागेको छ । यसदिन ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यसमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट लागेको छ भने समग्रमा बजार बढेको दिन गुराँस लघुवित्तको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ। ...

बझाङमा जिप दुर्घटना, एक जना घाइते

समाचार
धनगढी - बझाङमा ब्रेक फेल भएर जिप दुर्घटना भएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ९ कुलाकाट्ने भन्ने ठाउँको कच्चि सडकखण्डमा आज बिहान सुदूरपश्चिम प्रदेश ०१००१ च ३९६५ नम्बरको जिप दुर्घटना भएको हो । सुर्मा गाउँपालिका–२ का अन्दाजी २३ वर्षीय आवाज बोहोराले चलाएको जिप ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको बझाङ प्रहरीले बताएको छ । दुर्घटनामा जिप साहु ३२ वर्षीय केशव थापा घाइते भएका र उनको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीले थप अनुसन्धान भइहेको प्रहरी जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज