
कैलाली – नेकपा (एमाले)ले सुरु गरेको संकल्प यात्राको आज समापन गरिँदै छ ।
चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहराएर गत मंसिर १४ गतेदेखि सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रूपमा सम्पन्न गरिने भएको हो ।
आजको यात्रा १०१ किलोमिटर रहेको छ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झन्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ ।

