Advertisement

‘काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति’ लोकार्पण

Advertisement

कैलाली – वरिष्ठ लोक गायक एवम् संस्कृतविद् यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ नामक पुस्तक सांस्कृतिक झाँकीसहित लोकार्पण गरिएको छ।

काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज-अनुसन्धान गरी लेखिएको विशद ग्रन्थ आज मंगलाचरण, स्वस्ति वाचन, फाग, चैत, पुतला, हुड्केली, छलोका साथ प्रज्ञा प्रतिष्ठानको डबलीमा लोकार्पण गरिएको हो।

राईझुमालगायत प्रसिद्ध डेउडा गीतका गायकसमेत रहेका उपाध्यायले करिव २५ वर्ष लगाएर तयार गरेको पुस्तकलाई संस्कृतिविद् जगमान गुरुङ, प्रा. डा. वीणा पौड्याल, लेखक तथा कवि सुभाषचन्द्र भण्डारी र कवि डा. नवराज लम्सालले लोकार्पण गरेका हुन्।

९८४ पृष्ठको उक्त पुस्तकलाई वक्ताहरूले विश्वकोशको संज्ञा दिएका छन्। पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाएर

मौलिक स्वरूपमै विधागत विषय संकलन गरी समावेश गरिएको छ। यस्तै पुस्तकमा संस्कार र संस्कृतिको वर्णन मिहिनतका साथ गरिएको छ।

संस्कृतिविद् गुरुङले अहिलेसम्म राज्यले गर्न नसकेको काम उपाध्यायले निजी पहलमा सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे। ‘नेपाली भाषा संस्कृतिको उद्गमस्थलबाट यति ठूलो र उच्च कोटिको ग्रन्थ आउनु सम्पूर्ण नेपाल र नेपालीका लागि गौरवको विषय हो,’ उनले भने।

उपाध्यायले नेपाल चिनाउने इन्साइक्लोपिडियाका रुपमा यो ग्रन्थ दिएको उनको भनाइ थियो। ‘माननीयलाई रकम बाडिन्छ। नेपालाई चिनाउने इन्साइक्लोपिडिया निर्माण गर्दा राज्यको नजर पुग्दैन। यो हाम्रा लागि दुखद् हो। उपाध्याय जीले अनमोल कृति दिनुभएको छ। उहाँ लोक संगीत सम्राटको रूपमा त परिचित हुनुहुन्थ्यो नै। यो कृतिले लोकसाहित्य र संस्कृतिमा पनि स्थापित गरिदिने छ,’ उनले भने।

संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालले सामाजिक र सांस्कृतिक लोकजीवनका अप्राप्य विषयहरू उखान, टुक्का, लोककथा, गाथा, डेउडा, दोहोरीसमेत यसमा समावेश भएकोले यो पुस्तक सङ्ग्रणीय रहेको बताइन्। 

‘यो पुस्तक देख्ने वित्तिकै मेरा छोराले के यो महाभारत हो भनेका थिए। यो संकृतिको महाभारत नै हो। यसलाई सबैले सङ्ग्रहित गरेर राख्नुपर्छ,’ उनले भनिन्। जुन पेजबाट पढ्यो त्यहीबाट सुरुवात हुने र नयाँ विषयहरू रहेको उनको भनाइ थियो।

‘पुस्तकमा काली-कर्णाली क्षेत्रका संस्कार र संस्कृतिका कुरा प्रत्येक शिर्षकमा पूर्णरूपमा आएका छन्। जहाँबाट पढ्यो यो पुस्तक त्यहीबाट नयाँ झैँ लाग्छ। प्रत्येक शिर्षक र विषय आफैँमा पूर्ण पनि छन्। यति गम्भीरताका साथ विषयको उठान हुनु र सबै कुरा समेट्न सक्नु आफैँमा चुनौतिपूर्ण थियो। तर, उक्त कुरामा उपाध्याय जी सफल हुनु भएको छ,’ उनले भनिन्।

प्रज्ञा प्रतिष्ठानको डबलीमा यस खालको कार्यक्रम अहिलेसम्मकै नौलो र भव्य रहेको भनेर वक्ताहरूले टिप्पणी गरे।

लेखक एवं सञ्चारकर्मी लम्सालले उपाध्यायको यस कृतिलाई हाम्रो समाज र संस्कृति बुझाउने अनि भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने गीताको उपमा दिए। ‘मैले राईझुमालाई काली कर्णाली क्षेत्रको मंगलाचरणको रूपमा सुनेको थिए। अब यो ग्रन्थ गीताको रूपमा आएको छ। गीताको अर्थ र महत्त्व भनेको पढ्ने र पढ्न जान्नेलाई मात्रै भएजस्तै यो पुस्तक पनि त्यही कोटिको हो। यो पुस्तकमा देशको सांस्कृतिक र सामाजिक जीवनको आत्मा छ,’ उनले भने।

उच्च कोटीको पुस्तक भएकै कारण केहि दिनको चिया कटाएर भए पनि घर-घरमा पुस्तक संग्रहित गर्न उनले आग्रह गरे। 

यस्तै ९८४ पृष्ठको ग्रन्थ प्रकाशन गर्न हिम्मत गरेकोमा लम्सालले प्रकाशक बुकहिलको प्रसंसासमेत गरेका थिए।

कवि एवम् भ्यालि भ्यु स्कुलका प्रचार्य शुभाषचन्द्र भण्डारीले लोक साहित्यले अमूल्य निधिका रूपमा ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ ग्रन्थ प्राप्त गरेको बताए।

‘यो ग्रन्थले उपाध्यायलाई काली-कर्णालीमामात्र नभएर समग्र नेपाली वागमय जगतमा र आउँदो विश्व ग्राममा चिनाउने छ। ग्रन्थमा सङ्ग्रहित काली-कर्णाली क्षेत्रको लोक वागमय र सांस्कृतिक वैविध्यभित्र मानव सभ्यता अटाएको मौलिक जीवनको सार सिर्जनाको आत्मा छ’, उनले भने।

काली कर्णालीको लोक साहित्यमा चासो राख्नेहरूले पहिले छरिएका रचना खोज्नुपर्ने भए पनि अब सबै विषय एउटै पुस्तकभित्र यस ग्रन्थमा सङ्ग्रहित भएको भण्डारीको भनाइ थियो। यसले सोधकर्ताहरूलाई समेत निकै सहज हुने उनले दाबी गरे।

‘यस पुस्तकलाई अंग्रेजी भाषामा उल्था गर्न सके ‘नोबेल पुरस्कार’का लागि योग्य हुने विषय सङ्ग्रहित छ। यो एउटा हाम्रा लागि अमूल्य निधि हो। यस सङ्ग्रहमा काली-कर्णाली क्षेत्रको कला र संस्कृति लिपिवद्ध भएको छ,’ उनले भने।

यो ग्रन्धले काली-कर्णालीको लोक साहित्यमात्र नभएर सबै जनताबीचको मनलाई एकतावद्ध गर्ने कामसमेत गरेको उनले बताए।

लोकार्पण समारोहमा लेखक उपाध्यायले आफ्नो चर्चित गीत राईझुमा प्रस्तुत गरेका थिए। सोहि क्रममा उनले आफूले २५ वर्ष लगाएर सामग्री संकलन गरी पुस्तकाकृति दिए पनि अब यो आम पाठक र संस्कृति प्रेमीहरूको सङ्ग्रह भएको बताए। उनले त्यसबाट प्राप्त हुने प्रतिक्रियामात्रै आफ्ना हुने बताउँदै यो यात्राका क्रममा साथ र सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन्।

सुदूर-पश्चिमका विभिन्न सांस्कृतिक समूहहरूले देउडा, छलो, होरीलगायतका सांस्कृतिक झाँकी तथा गायन र नृत्य प्रस्तुत गरेका थिए।

बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य तीन  हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज