Advertisement
Thursday, May 22

‘काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति’ लोकार्पण

Advertisement

कैलाली – वरिष्ठ लोक गायक एवम् संस्कृतविद् यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ नामक पुस्तक सांस्कृतिक झाँकीसहित लोकार्पण गरिएको छ।

काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज-अनुसन्धान गरी लेखिएको विशद ग्रन्थ आज मंगलाचरण, स्वस्ति वाचन, फाग, चैत, पुतला, हुड्केली, छलोका साथ प्रज्ञा प्रतिष्ठानको डबलीमा लोकार्पण गरिएको हो।

राईझुमालगायत प्रसिद्ध डेउडा गीतका गायकसमेत रहेका उपाध्यायले करिव २५ वर्ष लगाएर तयार गरेको पुस्तकलाई संस्कृतिविद् जगमान गुरुङ, प्रा. डा. वीणा पौड्याल, लेखक तथा कवि सुभाषचन्द्र भण्डारी र कवि डा. नवराज लम्सालले लोकार्पण गरेका हुन्।

९८४ पृष्ठको उक्त पुस्तकलाई वक्ताहरूले विश्वकोशको संज्ञा दिएका छन्। पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाएर

मौलिक स्वरूपमै विधागत विषय संकलन गरी समावेश गरिएको छ। यस्तै पुस्तकमा संस्कार र संस्कृतिको वर्णन मिहिनतका साथ गरिएको छ।

संस्कृतिविद् गुरुङले अहिलेसम्म राज्यले गर्न नसकेको काम उपाध्यायले निजी पहलमा सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे। ‘नेपाली भाषा संस्कृतिको उद्गमस्थलबाट यति ठूलो र उच्च कोटिको ग्रन्थ आउनु सम्पूर्ण नेपाल र नेपालीका लागि गौरवको विषय हो,’ उनले भने।

उपाध्यायले नेपाल चिनाउने इन्साइक्लोपिडियाका रुपमा यो ग्रन्थ दिएको उनको भनाइ थियो। ‘माननीयलाई रकम बाडिन्छ। नेपालाई चिनाउने इन्साइक्लोपिडिया निर्माण गर्दा राज्यको नजर पुग्दैन। यो हाम्रा लागि दुखद् हो। उपाध्याय जीले अनमोल कृति दिनुभएको छ। उहाँ लोक संगीत सम्राटको रूपमा त परिचित हुनुहुन्थ्यो नै। यो कृतिले लोकसाहित्य र संस्कृतिमा पनि स्थापित गरिदिने छ,’ उनले भने।

संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालले सामाजिक र सांस्कृतिक लोकजीवनका अप्राप्य विषयहरू उखान, टुक्का, लोककथा, गाथा, डेउडा, दोहोरीसमेत यसमा समावेश भएकोले यो पुस्तक सङ्ग्रणीय रहेको बताइन्। 

‘यो पुस्तक देख्ने वित्तिकै मेरा छोराले के यो महाभारत हो भनेका थिए। यो संकृतिको महाभारत नै हो। यसलाई सबैले सङ्ग्रहित गरेर राख्नुपर्छ,’ उनले भनिन्। जुन पेजबाट पढ्यो त्यहीबाट सुरुवात हुने र नयाँ विषयहरू रहेको उनको भनाइ थियो।

‘पुस्तकमा काली-कर्णाली क्षेत्रका संस्कार र संस्कृतिका कुरा प्रत्येक शिर्षकमा पूर्णरूपमा आएका छन्। जहाँबाट पढ्यो यो पुस्तक त्यहीबाट नयाँ झैँ लाग्छ। प्रत्येक शिर्षक र विषय आफैँमा पूर्ण पनि छन्। यति गम्भीरताका साथ विषयको उठान हुनु र सबै कुरा समेट्न सक्नु आफैँमा चुनौतिपूर्ण थियो। तर, उक्त कुरामा उपाध्याय जी सफल हुनु भएको छ,’ उनले भनिन्।

प्रज्ञा प्रतिष्ठानको डबलीमा यस खालको कार्यक्रम अहिलेसम्मकै नौलो र भव्य रहेको भनेर वक्ताहरूले टिप्पणी गरे।

लेखक एवं सञ्चारकर्मी लम्सालले उपाध्यायको यस कृतिलाई हाम्रो समाज र संस्कृति बुझाउने अनि भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने गीताको उपमा दिए। ‘मैले राईझुमालाई काली कर्णाली क्षेत्रको मंगलाचरणको रूपमा सुनेको थिए। अब यो ग्रन्थ गीताको रूपमा आएको छ। गीताको अर्थ र महत्त्व भनेको पढ्ने र पढ्न जान्नेलाई मात्रै भएजस्तै यो पुस्तक पनि त्यही कोटिको हो। यो पुस्तकमा देशको सांस्कृतिक र सामाजिक जीवनको आत्मा छ,’ उनले भने।

उच्च कोटीको पुस्तक भएकै कारण केहि दिनको चिया कटाएर भए पनि घर-घरमा पुस्तक संग्रहित गर्न उनले आग्रह गरे। 

यस्तै ९८४ पृष्ठको ग्रन्थ प्रकाशन गर्न हिम्मत गरेकोमा लम्सालले प्रकाशक बुकहिलको प्रसंसासमेत गरेका थिए।

कवि एवम् भ्यालि भ्यु स्कुलका प्रचार्य शुभाषचन्द्र भण्डारीले लोक साहित्यले अमूल्य निधिका रूपमा ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ ग्रन्थ प्राप्त गरेको बताए।

‘यो ग्रन्थले उपाध्यायलाई काली-कर्णालीमामात्र नभएर समग्र नेपाली वागमय जगतमा र आउँदो विश्व ग्राममा चिनाउने छ। ग्रन्थमा सङ्ग्रहित काली-कर्णाली क्षेत्रको लोक वागमय र सांस्कृतिक वैविध्यभित्र मानव सभ्यता अटाएको मौलिक जीवनको सार सिर्जनाको आत्मा छ’, उनले भने।

काली कर्णालीको लोक साहित्यमा चासो राख्नेहरूले पहिले छरिएका रचना खोज्नुपर्ने भए पनि अब सबै विषय एउटै पुस्तकभित्र यस ग्रन्थमा सङ्ग्रहित भएको भण्डारीको भनाइ थियो। यसले सोधकर्ताहरूलाई समेत निकै सहज हुने उनले दाबी गरे।

‘यस पुस्तकलाई अंग्रेजी भाषामा उल्था गर्न सके ‘नोबेल पुरस्कार’का लागि योग्य हुने विषय सङ्ग्रहित छ। यो एउटा हाम्रा लागि अमूल्य निधि हो। यस सङ्ग्रहमा काली-कर्णाली क्षेत्रको कला र संस्कृति लिपिवद्ध भएको छ,’ उनले भने।

यो ग्रन्धले काली-कर्णालीको लोक साहित्यमात्र नभएर सबै जनताबीचको मनलाई एकतावद्ध गर्ने कामसमेत गरेको उनले बताए।

लोकार्पण समारोहमा लेखक उपाध्यायले आफ्नो चर्चित गीत राईझुमा प्रस्तुत गरेका थिए। सोहि क्रममा उनले आफूले २५ वर्ष लगाएर सामग्री संकलन गरी पुस्तकाकृति दिए पनि अब यो आम पाठक र संस्कृति प्रेमीहरूको सङ्ग्रह भएको बताए। उनले त्यसबाट प्राप्त हुने प्रतिक्रियामात्रै आफ्ना हुने बताउँदै यो यात्राका क्रममा साथ र सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन्।

सुदूर-पश्चिमका विभिन्न सांस्कृतिक समूहहरूले देउडा, छलो, होरीलगायतका सांस्कृतिक झाँकी तथा गायन र नृत्य प्रस्तुत गरेका थिए।

बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य तीन  हजार रुपैयाँ रहेको छ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज