बझाङमा ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र
बझाङ - बझाङको सेतीलोक मार्गको खप्तडछान्ना गाउँपालिकाकामा बन्न लागेका दुई वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।
निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण खप्तडछान्ना-१ कुचेखोला (कालिपछाई) र खप्तडछान्ना-७ गडरायमा निर्माण हुन लागेको पक्कीपुलको निर्माण कार्य अलपत्र परेको हो।
२०७५ सालमा टेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापरबाहीका कारण पुलको निर्माण कार्य अलपत्र परेका स्थानीयको गुनासो छ ।
खप्तडछान्ना गाउँपालिका-७ मा पर्ने विजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भएपनि ठेकेदारले निर्माण कार्य नसक्दै स्थानीय बासिन्दाका पैसा खाएर फरार भएपछि निर्माण कार्य अलपत्र पर्नुका साथै स्थानीयको झण्डै ७० लाख पैसा समेत डुबेको छ ।
पक्की पुलमा काम गर्ने स्थानीय मजदुरहरूले समेत अहिलेसम्म आफूले काम गरेको ज्याला...

