Advertisement

हाम्रो बारेमा

वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल पुग्न आज नेपाल र लेबनान खेल्दै

समाचार
धनगढी - वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ।  नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै दोस्रो खेलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । नेपाल र  लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ । आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीवार खेल्नेछन् । ...

बझाङमा जिप दुर्घटना हुँदा दुई जना घाइते

समाचार
बझाङ - बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।  हिजो बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको से१ ज.५९२ नम्बरको जीप बुङगल नगरपालिका -५ मिनिबगडस्थित बागथला -बिजगडा कच्ची सडक खण्डमा पछाडिको टायर निस्किदा सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटनामा परेको हो। साँझ ६:३० बजे भएको दुर्घटनामा परी बुंगल ५ का चालक करिब २६ वर्षीय सुरेश नेपाली र सोही ठाउँका करिब १६ वर्षीय मनोज कार्की घाइते भएका छन्। उनीहरु दुवै जनाको  बिजगडा स्वास्थ्य चौकी बिजगडामा उपचार भइरहेको छ। सडकबाट खसेको जीप रुखमा अड्किएको हुँदा मानविय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले बताए।...

कैलालीमा दश जना फरार प्रतिवादी पक्राउ

समाचार
धनगढी - कैलाली प्रहरीले फरार रहेका १० जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ परेका प्रतिवादीहरुलाई सजाय भुक्तानका लागि कैलाली जिल्ला अदालतमा बुझाएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताएका छन् ।  पक्राउ पर्नेमा लागूऔषध मुद्दाको गोदावरी नगरपालिका–२ बस्ने ३२ वर्षीय सञ्जय जनाला सुनार, बैङ्किङ कसुर मुद्दाको गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत, जालसाझी मुद्दाको भजनी नगरपालिकास्थित बिजुलियाका ४० वर्षीय खुशीराम डङ्गौरा, सोही ठाउँकै चन्नी डङ्गौरा थारु छन् ।  यस्तै, भजनी नगरपालिका–१ भजनी बजार बस्ने चेक अनादर मुद्दाका प्रतिवादी ३६ वर्षीय पुरन जैशी, लागुऔषध खैरो हेरोइन मुद्दाको प्रतिवादी लम्कीचुहा नगरपालिका–१० का भूपेश भन्ने शिशिर थापा पनि पक्र...

पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ

समाचार
बझाङ - भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६.५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो ।  भूकम्पले सदरमुकामसहित अन्य पालिकाका, विद्यालय, सरकारी भवन र निजी घर क्षति पुर्याएको विवरण सार्वजनिक भएको थियो । जाजरकोटपछि दोस्रो क्षति व्यहोर्नु परेको बझाङमा सरकार तथा विभिन्न दातृसंस्थाको प्राविधिक र आर्थिक सहयोगमा पीडितको घाउमा मलमपट्टी लगाउने कार्यको थालनी भएको छ ।  पहिलो चरणमा घर बाहिर रहेका पीडितलाई अस्थायी बसोबासका लागि टहरा निर्माण गरी उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्लाको दैवीप्रकोप उद्धार समितिले जनाएको छ । भूकम्प अहिले पनि जानेक्रम जारी छ ।  हालसम्म आउँदा भूकम्पका सयौँ धक्का बझाङवासीले महसुस गरिसकेका छन् । गत सातामात्रै जिल्लाको पाराकाट्ने ठाउँलाई केन्द्रबिन्दु बनाई ...
बझाङ तलकाेट गाउँपालीकामा अनुगम म्याद गएका सामाग्री नियन्त्रणमा

बझाङ तलकाेट गाउँपालीकामा अनुगम म्याद गएका सामाग्री नियन्त्रणमा

बझाङ
तलकाेट गाउँपालीकामा अनुगमन गर्दा म्याद गएका सामाग्री नियन्त्रणमा लिएकाे छ । स्थानीय सरकारले तलकाेटमा रहेको खाैला बजार गैताेला,पनाल्त लगायतका ठाउँमा अनुगमन गरिएको हाे । आज एक कार्यक्रमका विच तलकाेट गाउँपालीकाकाे विभिन्न ठाउँमा स्थानीय सरकारका उपाध्यक्ष पार्वती कुवर भण्डारी र सहायक प्रमुख जिल्ला अधिकारी सत्या कुमारी जाेशीकाे नेतृत्वमा अनुगमन गरिएकाे हाे । अनुगमनले विभिन्न स्थानमा म्याद गएका खाद्यान्न लगायत पशलमा भेटिएका सामाग्रीहरु नियन्त्रणमा लिएर नस्ट पारेको छ । उपाध्यक्ष भण्डारीले आगामी दिनमा यस्ता म्याद गएका सामान पशलमा नराख्न र उपभोक्ता लाई नबेच्न चेतावनी दिनु भएको छ । साथै पशलहरु सबैले दर्ता गर्दै सरकारकाे कानुन अनुसार राजस्व तिर्न निर्देशन गर्नु भएको हाे ।...

गौरीगंगाको जनजागृती आविले मनायो २४औं वार्षिकोत्सव

समाचार
गौरीगंगा - कैलालीको गौरीगंगा नगरपालिका-५, अण्डैयामा रहेको जनजागृती आधारभूत विद्यालयले २४औं वार्षिकोत्सव मनाएको छ । आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदको प्रमुख आतिथ्यतामा जनजागृती निमाविले २४औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा गौरीगंगा नगरपालिकाका प्रमुख दिबिदत्त कडेल र वडा अध्यक्ष बिष्णु भाटको विशिष्ट आतिथ्यता रहेको थियो । समारोहमा नगर प्रमुख कडेलले आफूले नगरपालिकाबाट शिक्षा क्षेत्रमा गर्न सकिने, गर्न हुने काम नरोकेको र स्कुल लाई थप सयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वडा अध्यक्ष बिष्णु भाटले आफ्नो कार्यकाल भित्र स्कुललाई नमूना विद्यालय बनाइने बताएका छन् भने समारोहमा विव्यस सदस्य प्रकाश नेपालिले प्रमुख अथिती मन्त्री साउदलाई स्कुलको समस्याहरुसहित ज्ञापनपत्र बुझाएका छन् ।   उक्त वार्षिकोत्सव समारोहका प्रमुख अतिथि मन्त्री सा...

धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान

समाचार
धनगढी - धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ।   भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो। स्ट्रीप लाइट र विमानस्थल रोडमा जडान गरिएको स्ट्रीट लाइटको आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका हुन्। उपमहानगरपालिकाले आफ्नो लगानीमा विमानस्थल सडकमा  ५६ वटा सडक बत्ती जडान गरेको छ। यसैगरी,  ६ लेन सडकको २६५ पोलमा स्ट्रीप लाइट जडान गरिएको छ। ६ लेन सडकको १४० वटा ट्रीगार्डमा पनि स्ट्रीप लाइट जडान गरिएको छ।...

सुदूरपश्चिममा पाँच लाख बढी बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै छ ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले एक कार्यक्रमका बिच सेती प्रादेशिक अस्पतालमा कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रदेशभरि खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै छ ।  कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने योजना रहेको प्रदेश सरकारको योजना छ । सुप प्रदेशका स्वास्थ्य संस्था तथा खोप केन्द्रमा आज देखी दादुरा रुबेलाको खोप लगाइँदै छ ।...
बझाङ र इलाममा वैशाख १५ गते उपचुनाव

बझाङ र इलाममा वैशाख १५ गते उपचुनाव

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ : निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले सरकारसँगको परामर्शअनुसार आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । त्यहाँ उपचुनाव हुनेछ । नेम्वाङको गएको भदौ २६ गते निधन भएको थियो । यस्तै प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (क) मा पनि उपचुनाव हुनेछ । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो । उपचुनावका लागि मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको र आउँदो बिहीवारदेखि रुजु सुरु हुने आयोगले जनाएको छ । कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै...

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

समाचार
धनगढी - घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ । लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया पनि सहभागी छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेलमा पराजित भएको थियो । नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो । नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । यस्तै नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक-एक खेल जितेका थिए । नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भएको थियो । नेपाल आफ्नो पछिल्लो खेलमा नामिबियासँग २ विकेटले पराजित भएको थियो ।...

कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरमा ५१ थान लागूऔषध यम्पुलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। शनिवार जिल्लाको वेदकोट नगरपालिका बस्ने ३१ वर्षीय विजयराज पन्तलाई प्रतिबन्धित लागूऔषध यम्पुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पन्तलाई वेदकोट नगरपालिकाको घोर्सुवाबाट पक्राउ गरेको जनाएको छ ।  विषेश सूचनाका आधारमा पक्राउ गरिएका पन्तलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।...
एक जना विद्यार्थी ६ जना शिक्षक, प्र.अ भन्छन् अझै शिक्षक थप्नुपर्ने

एक जना विद्यार्थी ६ जना शिक्षक, प्र.अ भन्छन् अझै शिक्षक थप्नुपर्ने

बझाङ
गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भन्ने मुल नारालाई नेपाल सरकारले प्राथमिकता दिएको छ । उता सरकारकाे नारा भने कतिपय सरकारी विद्यालयहरुका लागि लाजमर्दो देखिन थालेको छ । सरकार नारामा सिमित हाे ? देश सँघिय सग्रचनामा गए सँगै केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकार सञ्चालनमा देखिन्छन् । तिनै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । उता सरकारका नारा यता विद्यार्थीहरु निजी विद्यालयमा जा जा भने जस्तै भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ काे कापडी गाउँमा कामना टेलिभिजनकाे टाेली पुग्याे । सडक रिपोर्टिङकाे क्रममा पत्रकार गाउँमा पुगेकाे थाहाँ पाएपछि स्थानीयहरुले हाम्रो गाउँमा गाडी पुगेको छ । कुन ठाउँमा राेक्नु भाे गाडी भन्दै ब्याङ्या हान्न थाले मुसुक्क हास्दै पत्रकार बचनराज जाेशीले यसै तपाईंको बिच गाउँमा भन्नू भयाे । शुक्रबारकाे दिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज