धनगढी – घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया पनि सहभागी छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेलमा पराजित भएको थियो ।
नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो ।
नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । यस्तै नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक-एक खेल जितेका थिए ।
नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भएको थियो । नेपाल आफ्नो पछिल्लो खेलमा नामिबियासँग २ विकेटले पराजित भएको थियो ।
यस्तै जारी शृंखलामा दुई स्कोर कटाउने पहिलो टिम बनेको नामिबियाले त्यसपछिको खेलमा नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको थियो ।
त्यसैले नेपाल र नेदरल्याण्ड्स दुवै टोली अन्तिम खेलमा जित्दै सुखद रुपमा शृखंला सकाउने योजनामा छ ।
नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २-२ खेल जितेका छन् ।
कीर्तिपुरमै भएको पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमा अलआउट गर्दै २०८ बल बाँकी छँदै ९ विकेटले खेल जितेको थियो ।
सन् २०२७ मा हुने ओडिआई विश्वकप छनोटको प्रारम्भिक आधारको रुपमा रहेको लिग २ मा कूल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो साइकमला १२ टेष्ट राष्ट्रसँगै सुपर लिग खेलेको नेदरल्याण्ड्सले यस पटक देखि लिग २ खेल्न थालेको हो ।
नेपालको टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल
नेदरल्यान्ड्सको टोली
म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३