धनगढी – धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ।
भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो।
स्ट्रीप लाइट र विमानस्थल रोडमा जडान गरिएको स्ट्रीट लाइटको आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका हुन्।
उपमहानगरपालिकाले आफ्नो लगानीमा विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ। यसैगरी, ६ लेन सडकको २६५ पोलमा स्ट्रीप लाइट जडान गरिएको छ। ६ लेन सडकको १४० वटा ट्रीगार्डमा पनि स्ट्रीप लाइट जडान गरिएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३