Advertisement
Wednesday, July 9

पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ

Advertisement

बझाङ – भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६.५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो । 

भूकम्पले सदरमुकामसहित अन्य पालिकाका, विद्यालय, सरकारी भवन र निजी घर क्षति पुर्याएको विवरण सार्वजनिक भएको थियो ।

जाजरकोटपछि दोस्रो क्षति व्यहोर्नु परेको बझाङमा सरकार तथा विभिन्न दातृसंस्थाको प्राविधिक र आर्थिक सहयोगमा पीडितको घाउमा मलमपट्टी लगाउने कार्यको थालनी भएको छ । 

पहिलो चरणमा घर बाहिर रहेका पीडितलाई अस्थायी बसोबासका लागि टहरा निर्माण गरी उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्लाको दैवीप्रकोप उद्धार समितिले जनाएको छ । भूकम्प अहिले पनि जानेक्रम जारी छ । 

हालसम्म आउँदा भूकम्पका सयौँ धक्का बझाङवासीले महसुस गरिसकेका छन् । गत सातामात्रै जिल्लाको पाराकाट्ने ठाउँलाई केन्द्रबिन्दु बनाई गएको चार रेक्टर स्केलको भूकम्पले थप त्रसित बनाएको स्थानीय बताउँछन् । 

अहिले अस्थायी टहराको सहयोगमा बझाङ तग्रिरहेको छ । भूकम्पपीडित हाल अस्थायी टहरामा बसिरहेका छन् । ती टहरा भूकम्प प्रतिरोधात्मक रहेका स्थानीय शिवराज उपाध्यायले बताए । 

उनका अनुसार टहरा निर्माणमा सरकारी र गैरसरकारी संस्था लागिरहेका छन् । घर जीर्ण भएपछि अस्थायी टहरामा बस्न बाध्य भएको उनको भनाइ छ । “छिमेकीसँगै टहरामा बसिरहेका छौँ । धक्का प्रायजसो सधैँ महसुस भइरहेको छ । भत्केको घरमा डरत्रासमा बस्नुभन्दा अस्थायी टहरा नै अहिलेका लागि उपयुक्त विकल्प भएको छ”, उपाध्यायले भने । 

सरकारले तीन हजार, युनएनडिपी एक सय ३०, रेडक्रसले चार सय अस्थायी टहरा निर्माण गर्नेक्रममा रहेको जनाएको छ । 

त्यसमध्ये हालसम्म एघार सय ७८ निर्माण भई समुदायका पीडितलाई हस्तान्तरण भइसकेका छन् भने बाँकी निर्माणाधीन छन् । 

बझाङ जस्तापाता र काठको भरमा तङ्ग्रीन खोजिरहेको छ । हालसम्म एमपिडिएस डडेल्धुराले सेभ द चिल्ड्रेन सहयोगमा एक सय ३० अस्थायी आवास, दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्र, पाँच विद्यालयमा शौचालय तथा खानेपानी मर्मत गरिरहेको परियोजना संयोजक त्रिभुवन बास्तोलाले बताए । यसका साथै भूकम्पमापीडित गर्भवती तथा सुत्केरीलाई आवश्यकताका आधारमा आकस्मिक परामर्श तथा सहयोग पनि गरिएको उनले जानकारी दिए । 

अन्य संस्थाले पनि स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी सहयोग गरिरहेका छन् । जयपृथ्वी नगरपालिकामा मात्रै एमपिडिएस डडेल्धुरा, जिल्लास्थित प्रगतिशील युवा समाज, साइपाल विकास समाज, दलित सहयोग समाज, आइडिएस नेपाल, निड्स, युनिसेफ, केयर नेपाललगायत संस्थाले सहयोग गरिरहेका जनाइएको छ । गत असोज १६ मा गएको भूकम्पले सदरमुकाम क्षेत्र चैनपुर नजिकमा रहेका तीन विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । 

केही दिन विद्यालय बन्द गरी १५ दिनपश्चात् चौरमा राखेर पठनपाठ सुरु गरिएको बालविकास माविका प्रधानाध्यापक केशबहादुर खातीले जानकारी दिए । विद्यालयमा तीन वटा भवनमा ३० कोठा पूर्णरुपमा क्षति हुँदा विद्यार्थीलाई चौरमा राखेर पठनपाठन थालिएको उनले बताए । “सुरुमा बालबालिका विद्यालय नै आउन मान्दैन थिए । विद्यालय भवन नै भत्किँदा उनीहरुमा त्रासको वातावरण छाएको थियो”, प्रधानाध्यापक खातीले भने, “अभिभावक पनि कुन बेला के हुने हो भन्ने पिरोलाका कारण बालबालिकालाई विद्यालय पठाउन मान्दैनथे । अहिले अस्थायी भवन बन्दा नियमित पढाइ सुरु भइरहेको छ ।” 

उनका अनुसार कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा १५७ छात्रासहित २८४ विद्यार्थी अध्यनरत छन् । जिल्ला सदरमुकाम चैनपुर बजारबाट एक किलोमिटर मात्रै टाढा रहेकाले विद्यालयमा स्थानीय वडाका धेरै विद्यार्थी पढ्न आउने गरेका वडा नम्बर ४ का वडाध्यक्ष ईश्वरबहादुर खातीले बताए । 

सिमलतोला, बस्ती, गोलाई, गडखेत गाउँका ४० बालबालिका बालविकास कक्षामा अध्ययन गर्न यस विद्यालयमा आउने गरेको बालविकासका शिक्षक केशरी जोशीले जानकारी दिए । 

बालविकास जस्तै बालमन्दिर आधारभूत, लुयटा आवि डिलवगर पूर्णरुपमा क्षति भएका थिए भने बाँकी रहेका विद्यालयमा पनि भूकम्पले क्षति पुर्याएको स्थानीय जनप्रतिनिधि बताउँछन् । समुदाय र घरपरिवारमा गएर भूकम्पसम्बन्धी सचेतामूलक अभियान थालनी गरेपछि नियमित कार्यमा पर्खेका जयपृथ्वी नगरपालिका-४ का वडाध्यक्ष ईश्वर खातीले बताए । 

जिल्लाका करिब १० हजार बढी घरमा क्षति भएको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसमा दुई हजार ४४५ निजी घर पूर्णरुपमा क्षति भएका थिए भने छ हजार ८४ घर आंशिक क्षति पुर्याएको थियो । योसँगै सरकारी भवन एक सय २३ पूर्णरुपमा र एक सय ५२ आंशिकरुपमा क्षति भएको थियो । भूकम्पले एक जनाको ज्यान जानसका साथै दर्जनौँ मानिस घाइते भएका स्थानीय समाजसेवी विष्णु एयडीले बताए । स्थानीय विस्तारै भूकम्पको त्रासबाट मुक्त हुन खोजिरहेका उनको भनाइ छ । 

मनोसमाजिक विमर्शताको तालिमसँगै भूकम्पसम्बन्धी जनचेतना फैलाउनु काम गरेपछि वातावरण सहज हुँदै गएको उहाँले बताए । भूकम्प गएको पाँच महिना बित्दा पनि विद्यार्थीले राम्रोसँग पढ्न पाएका छैनन् भने अन्य सर्वसाधारण सुत्नका लागि अस्थायी टहरा प्रयोग गरिरहेका छन् । पुनःनिर्माणको पखाईमा रहेको बझाङमा अहिले सरकारी र गैरसरकारी तवरबाट पीडितको घाउमा मलमपट्टी लगाउने कार्य भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । भूकम्पबाट सबैभन्दा बढी क्षति जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिकाले व्यर्होनु परेको थियो । रासस

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्र...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फ...
रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता ...
मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यू...
भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा ...
इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

बझाङ, मष्टा — सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गए...
छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (व...
स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज