तलकाेट गाउँपालीकामा अनुगमन गर्दा म्याद गएका सामाग्री नियन्त्रणमा लिएकाे छ ।

स्थानीय सरकारले तलकाेटमा रहेको खाैला बजार गैताेला,पनाल्त लगायतका ठाउँमा अनुगमन गरिएको हाे ।
आज एक कार्यक्रमका विच तलकाेट गाउँपालीकाकाे विभिन्न ठाउँमा स्थानीय सरकारका उपाध्यक्ष पार्वती कुवर भण्डारी र सहायक प्रमुख जिल्ला अधिकारी सत्या कुमारी जाेशीकाे नेतृत्वमा अनुगमन गरिएकाे हाे ।

अनुगमनले विभिन्न स्थानमा म्याद गएका खाद्यान्न लगायत पशलमा भेटिएका सामाग्रीहरु नियन्त्रणमा लिएर नस्ट पारेको छ । उपाध्यक्ष भण्डारीले आगामी दिनमा यस्ता म्याद गएका सामान पशलमा नराख्न र उपभोक्ता लाई नबेच्न चेतावनी दिनु भएको छ । साथै पशलहरु सबैले दर्ता गर्दै सरकारकाे कानुन अनुसार राजस्व तिर्न निर्देशन गर्नु भएको हाे ।


