
गौरीगंगा – कैलालीको गौरीगंगा नगरपालिका-५, अण्डैयामा रहेको जनजागृती आधारभूत विद्यालयले २४औं वार्षिकोत्सव मनाएको छ ।
आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदको प्रमुख आतिथ्यतामा जनजागृती निमाविले २४औं वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहमा गौरीगंगा नगरपालिकाका प्रमुख दिबिदत्त कडेल र वडा अध्यक्ष बिष्णु भाटको विशिष्ट आतिथ्यता रहेको थियो ।
समारोहमा नगर प्रमुख कडेलले आफूले नगरपालिकाबाट शिक्षा क्षेत्रमा गर्न सकिने, गर्न हुने काम नरोकेको र स्कुल लाई थप सयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडा अध्यक्ष बिष्णु भाटले आफ्नो कार्यकाल भित्र स्कुललाई नमूना विद्यालय बनाइने बताएका छन् भने समारोहमा विव्यस सदस्य प्रकाश नेपालिले प्रमुख अथिती मन्त्री साउदलाई स्कुलको समस्याहरुसहित ज्ञापनपत्र बुझाएका छन् ।
उक्त वार्षिकोत्सव समारोहका प्रमुख अतिथि मन्त्री साउदले जनजागृती आविको लागि आउदो बजेटमा पक्की भवन र लगत्तै मर्मतको लागि सहयोग गर्ने प्रतिबद्धता जताएका छन् । साथै स्कुललाई शिक्षा मात्र नभएर सीप मुलक बनाउन पनि उनले आग्रह गरेका छन् ।

