चौकुने गाउँपालिका अध्यक्ष द्वारा निर्माणाधीन सडक,कुलो तथा भवनहरुको अनुगमन
सुर्खेत को विकट पालिका मध्यको एक चाैकुने गाउँपालिका अध्यक्ष खड्क बि.क. (बिवश) ले धुलै धुलो भएर गाउँपालिका वडा नं ३ अन्तर्गत पर्ने विभिन्न निर्माणाधीन सडक हरु सालडाडा,जामुने ,शाैभानचाेैर ,खारगाडि,खरापु हुदै बेतान जाैड्ने नयाँ निर्माण सडक तथा जामुने सिचाइ कुलाे र भवनहरु मा शाैभानचाैर स्वास्थ्य चाैकी एबम नव दुर्गा प्राथमिक बिध्यालयकाे नयाँ भवन तथा बिध्यापुर देखि बल्दे सम्म कालाेपत्रे सडककाे विभिन्न ठाउँहरुमा भरहेका बिकासका कार्यहरुको विशेष अनुगमन गरेका छन ।
गाउँपालिका मा हुने गरेका सबै बिकास निर्माण का कार्यलाई तिब्रता प्रदान गर्न आफू पटक पटक अनुगमन मा जाने गरेको पालिका अध्यक्ष बि.क बताउछन् । आफू समग्र गाउँपालिकाको अभिभावक को रुप भएको र आफुले समय मै गाउँपालिका का निर्माणाधीन कार्य हरुको रेखदेख तथा खबरदारी नगरे बिकास को आस गर्न नसकिने कुरा पनि अध्यक्ष ले बताएका छन ।
बिकास...












