लम्की/ वैशाख-१९
कैलालीको लम्कीचुहा नगरपालिका विकास निर्माणको तिव्र गतिमा फड्को मार्दै गईरहेको छ। अहिले लम्कीचुहाका विभिन्न ठाउँहरुमा योजनाहरू सम्पन्न हुँदै गएका छन्।

विकास निर्माणका कार्यक्रमहरुमा लम्कीचुहा की मेयर सुशिला शाही प्रत्येक गाउँ टोलमा पुगेर अनुगमन गरेको देख्न पाइन्छ। अहिले मेयर शाही जनताकाे घाउको मलम बनेर दुःख सुखमा साथ पाउँदा जनता हर्षित भएका छन्।

अहिले प्रत्येक गाउँ ठाउँमा नाला बनाउने, मठ मन्दिर बनाउने, धार्मिक आस्थावानका भवन निर्माण, सार्वजनिक जग्गामा पर्खाल लगाउने जस्ता विभिन्न योजनाहरु अन्तरगत जेठ महिना भित्र करिव दुई सय योजनाहरू सम्पन्न हुने मेयर शाहीले बताउनु भयो।

म प्रत्येकका गाउँघर, टोल छिमेकमा जाने र जनताको पिरमर्का बुझ्दै जनताकाे चाहनाअनुसार जनअपेक्षित काम गर्दै गईरहेको छु भनी शाहीले बताउनु भयो। अहिले प्रत्येक ठाउँमा भईरहेका विकास निर्माणका कार्यमा भोकप्यास नभनी बिहान देखि साँझ सम्म फिल्डमै अनुगमनमा रहने शाहीले भनिन्।

काम राम्राे गुणस्तर र चाँडो सम्पन्न हुनुपर्छ भनेर म आफै खटिएको बताईन। आगामी दिनहरूमा पनि मलाई काम गर्न अझै समृद्ध नगरपालिका बनाउन जनताकाे साथ, सल्लाह, सुझाव अनुसार नै अगाडी बढ्ने शाहीले बताउनु भयो।


