धनगढी : नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो ।
विश्वासको मतको विषयमा आज प्रदेशसभाका कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि बोलाइएको थियो । तर आफू ढिला पुगे पनि बैठक बस्न नसकेको सभामुख भीमबहादुर भण्डारीले बताए । लगत्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारी, सभामुख भण्डारीलगायत दलका प्रमुखबिच पनि केहीबेर अघि बसेको थियो । तर विश्वासको मतमा एमालेको अडान कायमै रहेपछि बैठक नै अनिश्चित भएको हो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३