Advertisement

भारतले नेपालको इन्टरनेट काटिदियो, जिम्मेवार सरकार कि सेवा प्रदायक ?

Advertisement

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन देशको अधिकांश इन्टरनेट सेवा अवरुद्ध भएको छ । प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले विदेशबाट आयात गर्दै आएको व्यान्डविथको आपूर्ति रोकिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको बताएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले भारतको एयरटेल कम्पनीले आफूहरूलाई उपलब्ध गराउँदै आएको व्यान्डविथ रोकेको बताएको छ । एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई नेपालमा प्रमुख इन्टरनेट सेवा प्रदायकले आयात गरेको व्यान्डविथबापतको तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

यता सरकारले आईएसपीहरूले करिब तीन अर्ब रुपैयाँ बक्यौता नतिरेको भन्दै उक्त रकम भुक्तान गर्नका लागि सिफारिस रोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईएसपीहरूले विदेशी मुद्रा भुक्तान गर्न राष्ट्र बैंकलाई गरिदिनु पर्ने सिफारिस रोकेको हो । ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टीबापतको रकम सेवा प्रदायकहरूले तिर्न बाँकी रहेको सरकारको भनाइ छ ।

सेवा प्रदायकहरूले भने दूरसञ्चार सेवाबापतको यो दुवै शुल्क तिरेको र मर्मत संम्भारबापतको आम्दानीमा यी दुवै शुल्क नलाग्ने भन्दै नतिर्ने अडान राखिरहेका छन् ।  सेवा प्रदायक र सरकारबीचको विवादमा विदेशी कम्पनीले भुक्तानी नपाउँदा इन्टरनेट नै बन्द हुन पुगेको हो ।

आइस्पानका अनुसार एयरटेलबाटै नेपालका प्रमुख सेवा प्रदायकले करिब ८० प्रतिशत व्यान्डविथ आयात गर्दै आएका छन् । त्यसैले उसले आपूर्ति रोकेपछि अधिकांश इन्टरनेट अवरुद्ध भएको हो ।

करिब ९ महिनादेखि सरकारले विदेशी मुद्रा भुक्तानका लागि सिफारिस रोकेपछि अहिले भने एयरटेलले आपूर्ति नै रोकिदिएको हो । आइस्पानका पदाधिकारीहरूले यसअघि नै इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएका थिए ।

केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानका अध्यक्ष सुधीर पराजुलीले लामो समयको भुक्तानी नहुँदा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएका थिए ।

आइस्पानका पूर्वअध्यक्ष विनय बोहराले देशभित्रको आन्तरिक विवादका कारण विदेशी कम्पनीको भुक्तानी रोक्नु आफैँमा अशोभनीय भएको भनेका थिए ।

सञ्चार मन्त्रालयले बक्यौता भुक्तान नगरी विदेशी मुद्रा भुक्तान गर्न अर्थात् भारतीय कम्पनीलाई तिर्न सिफारिस नगर्ने अडान राख्दै आएको छ । सेवा प्रदायकले भने यसअघि सार्वजनिक लेखा समितिको निर्देशनमा मन्त्रालयले नै यो बक्यौतालाई खारेज गरेकोमा अहिले फेरि मन्त्रालयले माग्न खोज्नु दोहोरो भूमिका भएको आरोप लगाएका छन् ।

सर्वाेच्च अदालतले समेत यो विवादमा अहिले यथास्थितिमा रहन दिन आदेश दिएको भन्दै सेवा प्रदायकले विदेशी मुद्रा भुक्तानी सिफारिस गर्न दिनुपर्ने भन्दै आएका छन् ।

नेपालमा लगभग सबैजसो ब्यान्डविथ वा इन्टरनेट भारतबाटै भित्रिन्छ । चीनबाट भौगोलिक जटिलता र व्यावसायिक कारणले व्यान्डविथ आयात खासै छैन । त्यसैले भारतीय कम्पनीहरूलाई भुक्तानी नभएमा र उनीहरूले भुक्तानी नभएसम्म इन्टरनेट दिन नचाहेमा नेपालमा इन्टरनेट अवरुद्ध रहिरहन सक्छ । – बाह्रखरी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज