अछाम जिल्ला को ढकारी गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन सफलतापुर्ब सम्पन्न भएको छ । गाउँपालिका को आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । ” स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार , ढकारी का बलिया आधार ” भन्ने मुल नारा लाई स्थापित गर्ने कुरा यस बर्ष को नीति तथा कार्यक्रम ले प्रष्ट गरेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद ले कार्यक्रम मा बोलेका छन ।

नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा अनुरुप गाउँपालिका को सन्तुलित समन्यायिक र समाबेशी विकास गरि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने र गरिबी निवारण गर्ने लक्षका साथ ढकारी गाउँपालिकाले लिएको ” स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार , ढकारी का बलिया आधार ” को नारालाई साकार पार्न वर्तमान अर्थतन्त्रको संकट र अनियन्त्रित महङ्गीबाट नागरिक लाई सुरक्षित र सिथिल अर्थतन्त्र लाई गतिशील बनाउन प्रस्तुत नीति तथा कार्यक्रमले निम्न कार्यक्रमलाई प्राथमिकता दिने नीति लिइएको छ ।

१. सामाजिक बिकास सम्बन्धि नीति
क ) स्वास्थ :- ढकारी गाउँपालिकाले गाउँपालिकाका हरेक नागरिक लाई नि:शुल्क आधारभुत तथा आकस्मिक स्वास्थ सेवा प्रबाह भएको सुनिश्चित गरिनुका साथै उपचारात्मक सेवालाई ब्यवस्थित र प्रभावकारी बनाउदै रक्षात्मक र प्रवर्धनात्मक सेवाहरु क्रमिक रुपमा बिस्तार गरि प्रभावकारी रुपमा बस्ती र घरधुरी सम्म पहुच सुनिस्चित गर्ने ।
ख ) शिक्षा युवा तथा खेलकुद :-
ग ) लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि नीति
घ ) सामाजिक सुरक्षा र पञ्जिकरण
२. आर्थिक विकास सम्बन्धि नीति
क ) कृषि तथा पशुपन्छी
ख ) सहकारी सम्बन्धि नीति
ग) लघु उद्यम विकास सम्बन्धि
३. सुशासन सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धि नीति
४. वन,वातावरण ,जलवायु , बिपत ब्यवस्थापन सम्बन्धि नीति
५.भौतिक पुर्वाधार सम्बन्धि नीति
६. राजस्व तथा आन्तरिक श्रोत परिचालन नीति
७. रोजगार सम्बन्धि नीति
८.भुमी ब्यवस्थापन सम्बन्धि नीति

समग्र गाउँपालिका को प्रबर्द्धन त विकास का निम्ति यस आर्थिक वर्ष को निति तथा कार्यक्रम ल्याइएको अध्यक्ष साउद ले कामना टूडे लाई जानकारी गराएका छन ।


