Advertisement

हाम्रो बारेमा

विपीन जोशीको घरमा इजरायली राजदूत गोडर

विपीन जोशीको घरमा इजरायली राजदूत गोडर

अन्तर्राष्ट्रिय, कन्चनपुर, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन्। आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो। सो अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताए।“विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उनले भने, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ।” विपीनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए। “राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भने,”, जोशीले भने, “उनले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउएका रहेछन्।” जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि ...
फार्मेसी बाट न्युट्रास्युटिकल्स नबेच्न नेपाल फर्मास्यूटिकल एशोसिएसनको आह्वान !

फार्मेसी बाट न्युट्रास्युटिकल्स नबेच्न नेपाल फर्मास्यूटिकल एशोसिएसनको आह्वान !

समाचार
 नेपाल फर्मास्यूटिकल एशोसिएसनले न्युट्रास्युटिकल्स फार्मेसीबाट नबेच्न आह्वान गरेको छ। न्युट्रास्युटिकल औषधि नरहेको बताउँदै भनेको छ,  'नेपाल फर्मास्यूटिकल एसोसिएसन सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न/ नगराउन समेत जोडदार आह्वान गर्दछौँ।' नेपालको बजारमा औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्रि वितरण भइरहेको प्रति एशोसिएसनको ध्यानाकर्षण भएको जनाएको छ। 'सो किसिमको उत्पादन पोषण, न्युट्रीशन र फर्मास्युटिकलबाट न्युट्रास्युटिकल भन्ने र औषधि नै हो भनि प्रयोगकर्तालाई भ्रममा पार्ने गरिएको छ ।स्वास्थ्यमा कुनै पनि प्रविधि, बिधि उपयोग गर्न बैज्ञानिक प्रमाणमा आधारित अभ्यास  हुन जरुरी छ । तर खाद्यको रूपमा दर्ता गरि औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्युटिकलहरु निम्न कारणहरुले स्वास्थ्य सुधारमा औ...
बालबालिकाहरुका लागि कानुनी तथा सामाजिक मनोपरामर्श कार्यक्रम सम्पन्न

बालबालिकाहरुका लागि कानुनी तथा सामाजिक मनोपरामर्श कार्यक्रम सम्पन्न

कैलाली, सुदूरपश्चिम
लम्की- आज कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ०२ गणेशपुरमा रहेको श्री जनसेवा माध्यमिक विद्यालयमा बाल संरक्षण समिति लम्कीचुहा नगरपालिका वडा नं ०२ को आयोजना र बाल कल्याण संघ टीकापुरको आर्थिक सहयोगमा बालबालिकाहरुका लागि कानुनी तथा सामाजिक मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सभापती लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओली, प्रमुख अतिथि लम्कीचुहा नगरपालिका की उपमेयर जुना चौधरी, बाल कल्याण संघ टीकापुरका प्रतिनिधि लगायत अन्य सर विद्यार्थीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले हामीले बालबालिकाकोे लागी खेलकुद देखि अतिरिक्त क्रियाकलापमा बालबालिकाकोे लागी थुप्रै काम गरेका छौं र गर्ने छौ भनी बताउनु भयो। साथै प्रमुख अतिथि उपमेयर जुना ...
एनपीए बागमतीको आयोजनामा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न !

एनपीए बागमतीको आयोजनामा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न !

समाचार
 नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) बागमती प्रदेशको आयोजनामा चितवनमा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न भएको छ । एनपीए बागमती प्रदेशका अध्यक्ष निर्मल रेग्मीको अध्यक्षतामा हिजो (शनिबार) अस्पतालहरुमा गुणस्तरीय औषधि सुनिश्चिता र व्यवस्थापनका लागि ‘ईन्स्योरिङ मेडिसिन्स क्वालिटि इन कम्युनिटि एण्ड हस्पीटल फार्मेसीस एण्ड जिपीपी, जिएसडिपी वीथ एक्सपाईरी म्यानेजमेन्ट’ विषयक कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि एनपीए अध्यक्ष ललित मोहन पन्तले फार्मेसीलाई सहज तरिकाले चलाउने कुरामा फर्मासिस्टहरु सजक हुनुपर्नेमा जोड दिए । उनले सही तरिका अवलम्बन गरी गुड फार्मेसी प्राक्टिस (जीपीपी) को अवधारणालाई आत्मसाथ गर्दै फार्मेसी चलाउनुको विकल्प नरहेको बताए । कार्यक्रममा पीक्यूयम् प्लसका सिनियर टेक्निकल एडभाइजर अच्युत विक्रम थापाले औषधीको गुणस्तर निर्धारण गर्ने विषयमा सबै पक्षको उ...
“माओवादी जनयुद्ध र गणतन्त्र नै यो देश परिवर्तनको जग हो ” युवा नेता करण साउद

“माओवादी जनयुद्ध र गणतन्त्र नै यो देश परिवर्तनको जग हो ” युवा नेता करण साउद

कैलाली, मुख्य समाचार, विचार, सुदूरपश्चिम
नेपाल एउटा सुन्दर देश हो ।मेरो देश नेपाल चारै तिर बाट ठुला दुई बिशाल देशले घेरिएको छ । हामि दुई देश बिचको तरुल बनेका छौ । हामी प्रत्यक्ष रुपमा कुनै पनि समुद्री नाका सङ्ग जोडिएका छैनन् । मेरो देश नेपाल सुन्दरताले स्वर्ग छ बिश्वको आग्लो हिमाल सगरमाथा यहि छ बिश्वमा अग्लो ठाउँमा रहेको ताल तिलिचो यहि ठाउँमा छ ।बिश्वमा काहीँ नपाइने लालीगुराँस र चराहरु यहि छ्न । प्रकृतिको सुन्दर बगैंचा हो मेरो देश ।तर देश सुन्दर भएर मात्र नहुने रैछ मानव बिकास पनि चाहिने रैछ किन कि आज नेपाल सङै स्थापन भएका बिश्व का थुप्रै देश मानव सुचान्कमा अग्र स्थानमा छ्न । हामी किन पछाडि परेउ त ? किन कि २०६२/६३ अगाडि यो देशमा तानाशाही सामन्ती राजतन्त्रको हाली मुहाली थियो । यो देशमा भएका जनताका सम्पत्ति (कर) राजा परिवारका लागि मोजमस्ती बिहे घुमफेर र रमाइलो मै थियो। सिमित राजाका परिवार घुम्ने बस्ने ठाउमा केही लगानी हुन्...
सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः आगामी आर्थिक वर्षको संघीय बजेट सार्वजनिक भइसकेको छ। संघीय सरकारले दिने अनुदानका आधारमा प्रदेश र स्थानीय तहहरुले बजेट निर्माण गर्दै आएका छन्। प्रदेश सरकारको बजेट संघीय सरकारले दिने अनुदानमा निर्भर छ। सुदूरपश्चिम प्रदेशको बजेट करिब ९५ प्रतिशत संघीय सरकारले दिने अनुदानमा निर्भर हुने गरेको छ। संघीय बजेटपछि प्रदेश सरकारले बजेट ल्याउने गरेको छ। प्रदेशपछि स्थानीय तहहरुले आफ्नो बजेट बनाएर सार्वजनिक गर्ने गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत बलियो नहुँदा संघीय सरकारले दिन अनुदानका आधारमा बजेट निर्माण हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको आफ्नो आन्तरिक आम्दानीको स्रोत दुई अर्ब पुगाउन समेत मुश्किल हुने गरेको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वितरण हुने संघीय अनुदान अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि १३ अर्ब ८३ करोड २१ लाख अनुदान बाँडफाँड गरेको छ। सुदूरपश्...
के के युवा क्लवका अध्यक्ष शिखर विश्वकर्मा सहितको टोलीले बिरामीलाई दुई लाख बाईस हजार सहयाेग

के के युवा क्लवका अध्यक्ष शिखर विश्वकर्मा सहितको टोलीले बिरामीलाई दुई लाख बाईस हजार सहयाेग

कैलाली, सुदूरपश्चिम, स्वास्थ्य
वर्दगोरिया/तपेन्द्र ढुङ्गाना वर्दगोरिया गा.पा. वडा न. ०३ मा रहेको के के युवा क्लबले बिगतका बर्ष झै मानव सेवा नै धर्म हो भन्ने मुल नाराका साथ यश पटक पनि बर्दगोरिया ०३ निवासी बिगत डेढ बर्ष देखि रोग बात ग्रसित भारत नेपालमा उपचार गर्दा आर्थिकको अभाबले पुर्णरुपमा औषधी नपाएका सात जना परिवारको एक्लो साहरा पुर्ण बहादुर बौडेललाई रु.२,२२,००० सहयोग गरेको कुरा कल्बका अध्यक्ष शिखर बिश्वकर्माले हामिलाई भनेका हुन। उक्त सहयोग मध्य रु.४१,००० हजार बिरु रोकाया,दिल रोकाया,कवि न्यौपने ,आत्मा बराली लागाएतको टिमले ब्याङ्लोर बाट सङकलन गरेर पठाएका हुन भने त्यसैगरी १९,२०० सय उमेस थापा,ईन्द्र थापाले सोही ठाउँ बाट पठएका हुन र नेपालमा किरण रास्कोटी मगरले पनि उक्ता क्लबका अध्यक्ष शिखर बिश्वकर्मालाइ केही खटन पठन गरि सहयोग गरेको र बाकिको रकम कोहिले Qr गरे कोहिले नगदै गरे भने कोहिले शिखर बिकको घरमै गएर दिएको कु...
कैलालीमा गर्मीका कारण युवककाे मृत्यु

कैलालीमा गर्मीका कारण युवककाे मृत्यु

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए । उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ। उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ। पछिल्लो केही दिनदेखि गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो। बिहीवार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली)मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ । साथै सम्पुर्ण लाई गर्मीम...
एनपिए बाग्मती प्रदेशद्धारा चितवनमा फार्मासिस्ट हरुका लागि एक दिने कार्यशाला हुदैँ

एनपिए बाग्मती प्रदेशद्धारा चितवनमा फार्मासिस्ट हरुका लागि एक दिने कार्यशाला हुदैँ

समाचार
भरतपुर । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) बाग्मती प्रदेशले फार्मासिस्टहरुका लागी चितवनमा एक दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । एसोसिएसनले आगामी जेठ १९ गते शनिबार सामुदायिक र अस्पतालहरुमा गुणस्तरीय औषधि सुनिश्चिता र व्यवस्थापनका लागि ‘ईन्स्योरिङ मेडिसिन्स  इन कम्युनिटि एण्ड हस्पीटल फार्मेसीस एण्ड जिपीपी, जिएसडिपी विथ एक्सपाईरी म्यानेजमेन्ट’ विषयक कार्यशाला संचालन गर्न लागेको हो । कार्यशालामा औषधी गुणस्तर, जिपीपी (सामान्यीकृत पस्ट्युलर सोरायसिस), जिएसडिपी ( राम्रो भण्डारण र वितरण अभ्यासहरू), म्याद नाघेका औषधी व्यवस्थापन र लागूऔषध व्यवस्थापन विषयमा छलफल गरिने छ । हलिडे पार्टी प्यालेस भरतपुर ७ मा विहान ११ बजे देखी संचालन हुने कार्यशालामा अस्पताल तथा सामुदायिक फार्मेसीमा कार्यरत र उल्लेखित मेडिकल सिप प्राप्त गर्न ईच्छुक फार्मासिस्टहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ । ...
यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

दैनिक, मुख्य समाचार, समाचार
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता रहेको बताएको छ। यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई सन्तुलित तथा समुन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने रहेका छन्।  मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार रहेका छन्। त्यस्तै पाँच आर्थिक रूपान्तरणकारी क्षेत्र...
निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी

मुख्य समाचार, राजनीति, समाचार
  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताएका छन् ।  सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘संघीयता, लोकतन्त्र र कानुनी शासन’ विषयक अन्तरक्रियामा उनले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताएका हुन् । विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उनको भनाइ थियो । सामाजिक सुरक्षा भत्ता बराबर पनि पुँजीगत खर्च नहुनु समस्या भएको उनले बताए । अहिलेको व्यवस्थामा आलोचनालाई सल्लाह र सुझावको रुपमा लिएको बताउँदै मन्त्री जोशीले निजामती कर्मचारी सेवा विधेयक आइसकेपछि प्रदेशस्तरमा देखिएका कर्मचारीको समस्या समाधान हुने बताए । अहिलेको व्यवस्थामा धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिक जस्ता विषय रहेकाले यसको समीक्षा हुनुपर्ने भन्दै मन्त्री जोशीले आगामी दिन...
काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ डा अब धनगढि मा …

काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ डा अब धनगढि मा …

समाचार
काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ थाइराइड, मधुमेह हर्मोन रोग विशेषज्ञ डा. सन्दिप चन्द्र श्रेष्ठ अब धनगढि को  अष्पताल  लाईन मा रहेको  बुढिगँगा फार्मेशि मा यहि अषाढ १ गते शनिबार बिहान ९ बजे देखि साझ को ४ बजे सम्म आउने फार्मेसि सँचालक भैरब बोहरा ले जानकारी दिनु भएको छ । 
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज