लम्की- आज कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ०२ गणेशपुरमा रहेको श्री जनसेवा माध्यमिक विद्यालयमा बाल संरक्षण समिति लम्कीचुहा नगरपालिका वडा नं ०२ को आयोजना
र बाल कल्याण संघ टीकापुरको आर्थिक सहयोगमा बालबालिकाहरुका लागि कानुनी तथा सामाजिक मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सभापती लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओली, प्रमुख अतिथि लम्कीचुहा नगरपालिका की उपमेयर जुना चौधरी, बाल कल्याण संघ टीकापुरका प्रतिनिधि लगायत अन्य सर विद्यार्थीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती लम्कीचुहा नगरपालिका वडा नं ०२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले हामीले बालबालिकाकोे लागी खेलकुद देखि अतिरिक्त क्रियाकलापमा बालबालिकाकोे लागी थुप्रै काम गरेका छौं र गर्ने छौ भनी बताउनु भयो।
साथै प्रमुख अतिथि उपमेयर जुना चौधरीले हामी यस्ता कार्यक्रम प्रत्यक महिना एउटा एउटा स्कुलमा संचालन गर्ने छौं। बालबालिकाकोे उज्जवल भविष्यको लागी आफु सधैँ तयार रहेकाे बताउनु भयो।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३