Advertisement

सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

Advertisement

धनगढीः आगामी आर्थिक वर्षको संघीय बजेट सार्वजनिक भइसकेको छ। संघीय सरकारले दिने अनुदानका आधारमा प्रदेश र स्थानीय तहहरुले बजेट निर्माण गर्दै आएका छन्।

प्रदेश सरकारको बजेट संघीय सरकारले दिने अनुदानमा निर्भर छ। सुदूरपश्चिम प्रदेशको बजेट करिब ९५ प्रतिशत संघीय सरकारले दिने अनुदानमा निर्भर हुने गरेको छ। संघीय बजेटपछि प्रदेश सरकारले बजेट ल्याउने गरेको छ। प्रदेशपछि स्थानीय तहहरुले आफ्नो बजेट बनाएर सार्वजनिक गर्ने गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत बलियो नहुँदा संघीय सरकारले दिन अनुदानका आधारमा बजेट निर्माण हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको आफ्नो आन्तरिक आम्दानीको स्रोत दुई अर्ब पुगाउन समेत मुश्किल हुने गरेको छ।

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वितरण हुने संघीय अनुदान अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि १३ अर्ब ८३ करोड २१ लाख अनुदान बाँडफाँड गरेको छ। सुदूरपश्चिम प्रदेशलाई १३ अर्ब ८३ करोड २१ लाख रुपैयाँ अनुदान राखिएको हो। समानीकरणमा ८ अर्ब ७२ करोड २७ लाख रुपैयाँ, ससर्तमा तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ, विशेषमा ५५ करोड ६० लाख रुपैयाँ र समपूरकमा एक अर्ब ४२ करोड रुपैयाँ अनुदान दिइनेछ।

संघीय सरकारले आगामी आवमा प्रदेशलाई दिने अनुदान घटाएको छ। प्रदेशलाई दिने अनुदान घटाएको संघीय सरकारले स्थानीय तहलाई भने बढाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो आन्तरिक आम्दानी बढाउने गतिलो स्रोतको अहिलेसम्म पहिचान गर्न सकेको छैन्।

उद्योग र व्यापार फस्टाउने गरी ठोसठोस रुपमा नीतिगत व्यवस्था नहुँदा प्रदेशको आफ्नो आन्तरिक आम्दानी बढ्न सकेको छैन्। कृषिको नाममा दिने अनुदान वास्ताविक किसानभन्दा कागजी प्रक्रिया मिलाएर गैरकिसानको हातमा पर्दा यहाँको कृषि उत्पादनमा समेत बढोत्तरी आउन सकेको छैन्। साथै उत्पादनमुखि भन्दा वितरणमुखि कार्यक्रमका कारण पनि देखिने गरी कुनै पनि क्षेत्रमा प्रगति भएको छैन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज