Advertisement

हाम्रो बारेमा

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका पहाडी तथा तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेश प्रदेश र बागमत...
स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- उत्कृष्ट लयमा रहेको स्पेनले पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। डलास स्टेडियममा मंगलबार राति भएको सेमिफाइनलमा स्पेनले सुरुदेखि नै खेलमा नियन्त्रण कायम गर्दै प्रभावशाली जित दर्ता गरेको हो। स्पेनको जितमा मिकेल ओयार्जाबल र पेड्रो पोरोले एक-एक गोल गरेका थिए। खेलको २२औँ मिनेटमा लामिन यामालमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि प्राप्त अवसरलाई ओयार्जाबलले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५८औँ मिनेटमा ड्यानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि पेड्रो पोरोले आकर्षक गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि फ्रान्सले खेलमा फर्किने प्रयास गरे पनि स्पेनको बलियो रक्षापंक्ति र गोलरक्षक उनाई सिमोनको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन। जितसँगै सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि वि...
बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको नयाँ भाडादर लागू गरिएको छ। यातायात व्यवसायीले विभिन्न बहाना देखाउँदै यात्रुसँग बढी भाडा असुल गरिरहेको जनगुनासो बढेपछि भाडा समायोजन मापदण्डका आधारमा नयाँ दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायीका प्रतिनिधिसहित बसेको बैठकले ४० वटा रुटका लागि नयाँ भाडादर तय गरेको हो। प्रशासनले सबै सार्वजनिक सवारीसाधनमा नयाँ भाडादरको सूची अनिवार्य रूपमा टाँस्न निर्देशन दिएको छ। तोकिएकोभन्दा बढी भाडा असुले प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ। प्रशासनका अनुसार ४० रुटबाहेक जिल्लाका कच्ची सडकमा सञ्चालन हुने सवारीका लागि प्रतिकिलोमिटर १० रुपैयाँ २ पैसाका दरले भाडा निर्धारण गरिएको छ। नयाँ भाडादरअनुसार गोठलापानी-सतबाँझको भाडा १४४ रुपैयाँ, गोठलापानी–खोड्पे ३६० रुपै...
सर्वोच्चले खारेज गर्‍यो निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय

सर्वोच्चले खारेज गर्‍यो निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं- सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचना नदिने सरकारको निर्णय बदर गरिदिएको छ। मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने फैसला सुनाएको हो। सरकारले २०८२ चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत संघीय, प्रदेश र स्थानीय तहका सबै सरकारी विज्ञापन तथा सार्वजनिक सूचना गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन लगायत सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न परिपत्र जारी गरेको थियो। यस निर्णयपछि निजी क्षेत्रका रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यम सरकारी विज्ञापनबाट वञ्चित भएका थिए। सरकारको उक्त निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकारप्राप्त निवेदक तथा अधिवक्ता अनन्तराज लुईंटेलले २०८२ चैत २४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर ग...
बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीलाई तत्काल नहटाउने तथा उनीहरूको सेवालाई निरन्तरता दिने निर्णय गरेको छ। करार कर्मचारी हटाउने वा राख्ने विषयमा लामो समयदेखि चलिरहेको विवाद अन्ततः करार कर्मचारीको पक्षमा टुंगिएको हो। सोमबार बसेको गाउँ कार्यपालिका बैठकले लामो छलफलपछि हाल कार्यरत करार कर्मचारीलाई यथावत् राख्ने निर्णय गरेको गाउँपालिका स्रोतले जनाएको छ। असारको पहिलो सातादेखि करार कर्मचारीको सेवा अवधि थप्ने वा नथप्ने विषय कार्यपालिकामा निरन्तर छलफलको विषय बनेको थियो। उक्त विषय सार्वजनिक भएपछि करार कर्मचारीहरूले आफूहरू लामो समयदेखि सेवा गर्दै आएको उल्लेख गर्दै सेवा निरन्तरता दिनुपर्ने माग गर्दै आएका थिए। अन्ततः कार्यपालिकाले तत्कालका लागि करार कर्मचारी नहटाउने निर्णय गरेको हो। यसअघि विभिन्न सञ्चारमाध्यममा बित्थडचिर गाउँपालिकाले विभिन्न शाखामा कार्यरत करिब ११० जना करार क...
कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। साेमबार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोलस्थित नदीमा नुहाउने २२ वर्षीय मोहनसिंह ठगुन्नाकाे डुबेर मृत्यु भएको छ। मृतक ठगुन्ना दोधारा चाँदनी नगरपालिका–२ कालिका टोलका रहेकाे प्रहरीले जनाएको छ। घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनको उद्धार गरिएको भए पनि उनको ज्यान जोगाउन सकिएको थिएन। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।...
छ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता, विकासको पर्खाइमा डडेलधुराको पलगडी गाउँ

छ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता, विकासको पर्खाइमा डडेलधुराको पलगडी गाउँ

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेलधुराको परशुराम नगरपालिका- ११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढै छ। कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भूभागमा रहेको यस गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन्। करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँसम्म अहिले पनि मोटरबाटो पुगेको छैन। स्थानीयहरू झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा पैदल हिँड्न बाध्य छन्। वर्षायाममा पहिरो, हिलो र बाढीका कारण यात्रा अझ जोखिमपूर्ण बन्ने गरेको छ। गाउँमा कोही बिरामी परे एम्बुलेन्स पुग्ने अवस्था छैन। बिरामीलाई डोको वा पिठ्युँमा बोकेर छ घण्टासम्म पैदल हिँडेर झलारी वा अन्य स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ। गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय भएकाले माध्यमिक शिक्षा अध्य...
कैलाली,कञ्चनपुरबाट भन्सार छलीका २ लाखभन्दा बढीका सामान बरामद

कैलाली,कञ्चनपुरबाट भन्सार छलीका २ लाखभन्दा बढीका सामान बरामद

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलाली र कञ्चनपुरमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित त्रिनगर ब्यारेल क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका अन्दाजी ६३ हजार १०० रुपैयाँ बराबरका धोती, किराना लगायतका सामान सोमबार नियन्त्रणमा लिइएको हो। उक्त सामान भारतबाट भन्सार छली गरी ल्याइएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका- ११ स्थित गड्डाचौकी क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएका अन्दाजी १ लाख ४३ हजार ५०० रुपैयाँ बराबरका सुटपिस, ब्लाउज, अन्डरवेयर, पानीवर्साती लगायतका सामान बेवारिसे अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ती सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।...
कैलालीमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको आरोपमा बैतडीका युवक पक्राउ

कैलालीमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको आरोपमा बैतडीका युवक पक्राउ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ निवासी २० वर्षीय राजेश धामी रहेका छन्। धामीले असार २४ गते किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा धामीलाई सोमबार धनगढी उपमहानगरपालिका- ८ स्थित क्याम्पस चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। हाल धामीलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
देशभर मनसुन सक्रिय, सुदूरपश्चिमसहित अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

देशभर मनसुन सक्रिय, सुदूरपश्चिमसहित अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (मंगलबार) अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक रहेकाले वर्षा सक्रिय बनेको हो। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर...
लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड, सबै नाका बन्द

लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड, सबै नाका बन्द

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ। सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ। नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो। आज बिहान पनि गाडीहरु छोडिएको छैन। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथकाअनुसार नागढुंगा–मुग्लिन–नारायणगढ आउजाउ गर्ने सवारी साधनलाई रोक लगाइएको छ। चितवनका केराबारी र तुइनखोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरुद्ध छ। यसैगरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ। फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक पनि बन्द गरिएको छ। कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोल...
वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग गरेका छन । सोमबार आज आफ्नो ३३ औँ जन्मोत्सवको अवसारमा कैलालीमा निमार्ण हुने लागि आर्थिक सहयोग गरेका हुन । जन्मोत्सवलाई सामाजिक उत्तरदायित्व सँग जोड्न बझाङ्गी सेवा समाज कैलालीले, कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा निमार्ण गर्न लागेको राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन निमार्णका ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गर्नुभएको छ । उनले भने जन्मोत्सवमा हुने अनावश्यक खर्चलाई समाजका लागि उपयोगी कार्यमा लगाउन सहयोग गरेका हुँ । मानवतावादी राजा सिंहको मानवीय सोचे, शिक्षा र समाज सुधारप्रतिको योगदानलाई सम्मान गर्दै स्मृति भवन निमार्ण अभियानलाई साथ दिएको उनको भनाई छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज