Advertisement

हाम्रो बारेमा

मेक्सिकोमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मेक्सिकोमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। देशको दक्षिणी प्रशान्त महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गएराति ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल साल्भाडोरसम्म महसुस गरिएको थियो। शक्तिशाली धक्काका बाबजुद कुनैपनि देशमा ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ, यद्यपि दक्षिणी मेक्सिकोमा दुई जना घाइते भएको समाचारमा उल्लेख छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समय अनुसार शुक्रबार बिहान ०८ः४९ बजे गएको भूकम्पको केन्द्रविन्दु चियापासको तटीय क्षेत्र नजिकै रहेको अकिलेस सेर्डानभन्दा ४८ किलोमिटर दक्षिण–पश्चिममा र जमिनको सतहबाट १५.२ किलोमिटर गहिराइमा रहेको थियो। मुख्य भूकम्प जानुअघि समुद्रमा अलि टाढा केन्द्रविन्दु भएको सानो धक्का महसुस गरिएको थियो भने म...
आजदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढीपहिरोको उच्च जोखिम

आजदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढीपहिरोको उच्च जोखिम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले उल्लेख्य वर्षा हुने अवस्था बनेको हो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर...
डडेल्धुरामा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

डडेल्धुरामा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजे भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७ खस्र्याखानमा सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन्। दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीय सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्...
आज साउने सङ्क्रान्ति, स्नान-दान र ‘लुतो फाल्ने’ परम्परासहित देशभर मनाइँदै

आज साउने सङ्क्रान्ति, स्नान-दान र ‘लुतो फाल्ने’ परम्परासहित देशभर मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक अनुष्ठान गरी मनाइँदैछ। आज सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाइने परम्परा छ। यही दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु हुन्छ। वैदिक सनातन परम्परामा माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष महत्वका साथ लिइन्छ। असार महिनाभर खेतीपातीमा व्यस्त रहने नेपाली समाजमा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न साउने सङ्क्रान्तिमा ‘लुतो फाल्ने’ परम्परा रहिआएको छ। संस्कृतिविद्हरूका अनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखेर कण्डारक नामक राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको छ। लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्...
कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ । लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा उपचार गरिएको थियो । लामो समयपछि यस्ता बिरामी देखिनुले जिल्लामा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीको निष्कर्ष छ । यद्यपि, यस वर्ष हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार विगत चार वर्षदेखि जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका थिएनन् । गत वर्ष सात जनामा रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जोखिमलाई मध्यनजर...
कैलालीमा चरेस र ब्राउन सुगरसहित तीन जना पक्राउ

कैलालीमा चरेस र ब्राउन सुगरसहित तीन जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले चरेस र ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका–९ बाट ३५ वर्षीया पार्वती गुरधामीलाई १७२ ग्राम ९३ मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। यस्तै, लम्कीचुहा नगरपालिका–४ बलियाबाट २१ वर्षीय उज्जल चौधरी ३ ग्राम ७०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो। सोही स्थानबाट प्रहरीले २३ वर्षीय अमित चौधरीलाई पनि २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्र...
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा पक्राउ परेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको हो। यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग थप १ करोड ५० लाख रुपैयाँ तथा भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ। जिल्ला अदालत काठमाडौंले एक सातासम्म निरन्तर सुनुवाइ गरेपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो। यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग सम्बन्धित छुट्टै मुद्दामा अदालतले व्यवसायी सुलभ अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।...
नयाँ आर्थिक वर्षसँगै शिक्षा, स्वास्थ्य, बिजुली र सेयर बजारमा नयाँ कर व्यवस्था लागू

नयाँ आर्थिक वर्षसँगै शिक्षा, स्वास्थ्य, बिजुली र सेयर बजारमा नयाँ कर व्यवस्था लागू

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएसँगै सरकारले ल्याएको नयाँ बजेटका व्यवस्था कार्यान्वयनमा आएका छन्। नयाँ आर्थिक वर्षसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता सञ्चालनमा आएको छ भने विभिन्न क्षेत्रका कर तथा शुल्कसम्बन्धी नयाँ प्रावधान लागू भएका छन्। नयाँ व्यवस्थाअनुसार निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ थपिनेछ। यस्तै, सरकारी अस्पतालबाहेकका निजी अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाबाट सेवा लिँदा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने व्यवस्था लागू भएको छ। विद्युत् उपभोगतर्फ पनि नयाँ व्यवस्था लागू भएको छ। अब घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गरेमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा १३ प्रतिशत भ्याट यथावत् रहनेछ।...
देशभर आज पनि वर्षाको सम्भावना

देशभर आज पनि वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर वर्षा हुने अवस्था बनेको हो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, साथै कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ। महाशाखाका अनुस...
२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै पण्डित गणेशप्रसाद पन्त, जातीय विभेद हटाउने अभियानमा सक्रिय

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै पण्डित गणेशप्रसाद पन्त, जातीय विभेद हटाउने अभियानमा सक्रिय

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा धार्मिक कर्मकाण्ड गर्दै जातीय विभेद र सामाजिक कुरीति अन्त्य गर्ने अभियान सञ्चालन गर्दै आएका छन्। जिल्लाको श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले वैदिक विधिअनुसार दलित समुदायमा सप्ताह, शिवपुराण, व्रतबन्ध, विवाह, न्वारन, गृहप्रवेश, वास्तुपूजा, श्राद्ध तथा अन्य धार्मिक अनुष्ठान गरी सयौँ धार्मिक कार्य सम्पन्न गरिसकेको बताएका छन्। उनका अनुसार हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ लघुरुद्राभिषेक, १८९ महारुद्राभिषेक, ३ हजार ९११ न्वारन, ५६७ व्रतबन्ध, ७२२ सत्यनारायण पूजा, ६२२ ग्रहशान्ति, ३९ शतचण्डी, ६२ अखण्ड रामायण, ५७९ स्वस्थानी व्रतकथा, ५५ त्रिपिण्डी श्राद्ध, ७९ गरुड पुराण, ७११ पार्वण श्राद्ध र ९३४ एकोतिष्ट श्राद्धलगायत सय...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त

Breaking News 1, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले)का तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्। बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद रहेका छन्। कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेसँगको सहकार्यमा दरार आएपछि मुख्यमन्त्री शाहले यो निर्णय गरेका हुन्। यसअघि असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर, आफ्नै सरकारद्वारा ल्याइएको बजेटविरुद्ध एमालेका छ जना प्रदेशसभा सदस्यले छ मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि सरकार–एमाले सम्बन्ध थप तनावपूर्ण बनेको थियो। मुख्यमन्त्री शाहको पछिल्लो निर्णयसँगै सुदूरपश्चिम प...
आजदेखि भरी सिलिन्डर ग्यास पाइने, कति पर्छ मूल्य ?

आजदेखि भरी सिलिन्डर ग्यास पाइने, कति पर्छ मूल्य ?

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल आयल निगमले आज (बुधबार) देखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ। इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार ६० तोकेको छ। निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिन्डर बिक्री गर्न निर्देशन दिएको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज