सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा
धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएपछि पालिकाले भोलि शोक विदा दिएको हो
गाउँपालिका अध्यक्ष दिलबहादुर थापाद्वारा जारी शोक विज्ञप्तिमा
मृतकको सम्मानमा भोलि साउन ३० गते मंगलबार पालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक सेवाबाहेक एक दिन शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ।
गत सनिवार बुंगलबाट दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च २६६४ नम्बरको जीप केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा दुर्घटना भएको थियोे ।
दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको थियोे, भने १२ जना घाइते भएका थिए ।
गम्भीर घाइते भएका पाँच जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक देवेन्द्र धामी र दुर्गाथल...












