Advertisement

हाम्रो बारेमा

बझाङको बुंगलमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

बझाङको बुंगलमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको आयोजनामा बुंगल नगरपालिका क्षेत्रका सवारी धनी तथा चालकहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी (सपजिअ) सत्यकुमारी जोशीको सभापतित्व रहेको थियो भने बुंगल नगरपालिकाका मेयर जयबहादुर धामी प्रमुख अतिथि रहनुभएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीसहित स्थानीय जनप्रतिनिधि, सवारी धनी, चालक, सर्वसाधारण र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय बझाङका प्रमुख बिनोद विष्टले रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने स्पष्ट जानकारी गराउनुभयो। यस्ता सवारीले यात्रु बोक्दा कानुनी कारवाही हुने बताउँदै, कालो नम्बर प्लेट भएका सवारी साधनले भाडा दरभन्दा बढी असुल्न नपाउने र मापसे (मदिरा सेवन) गरेर सवा...
बझाङको थलारामा कर्मचारिले नै खोलेको अवैध औषधि पसल प्रशासनद्वारा सिलबन्दी

बझाङको थलारामा कर्मचारिले नै खोलेको अवैध औषधि पसल प्रशासनद्वारा सिलबन्दी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ – थलारा गाउँपालिकामा कर्मचारी भएर काम गर्दै आएकी जुन ऐर कडायत आफैँ नियम मिच्ने गम्भीर आरोपमा मुछिएकी छन् । २६ वर्षदेखि सि. अनमी पदमा कार्यरत ऐर कडायतले "कुशल मेडिकल" नामक पसल खोली अबैध रुपमा औषधि बिक्री गर्दै आएकी थिइन् । न त फार्मेसी सम्बन्धी आवश्यक अध्ययन गरेको, न त कानुनी दर्ता प्रक्रिया पूरा गरिएको — यस्ता गम्भीर अनियमितताका बाबजुद उनले औषधि बिक्री वितरण गर्दै आएकी थिइन् । नियमन गर्ने जिम्मेवारी पाएका व्यक्तिले आफैँ नियमको खिल्ली उडाएको भन्दै स्थानिय स्तरमा चर्को विरोध सुरु भएको छ । शुक्रबार स्वास्थ्य कार्यालयका सहायक फर्मासिस्ट द्वारिका जोशी, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहबरमा "कुशल मेडिकल" पसल सिलबन्दी गरिएको छ । नेपालको औषधि सम्बन्धी ऐन, २०३५ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले औषधि बिक्री वितरण गर...
अछाममा एमालेको जिल्ला अधिवेशन वैशाख १३ देखि, उपसचिव पदमा सिद्ध प्रसाद ढुंगानाको सशक्त दाबी

अछाममा एमालेको जिल्ला अधिवेशन वैशाख १३ देखि, उपसचिव पदमा सिद्ध प्रसाद ढुंगानाको सशक्त दाबी

समाचार
  मङ्गलसेन, अछाम : नेकपा (एमाले) अछामको बहुप्रतीक्षित ९औं जिल्ला अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म मङ्गलसेनमा हुने भएको छ। सुदूरपश्चिम प्रदेशका अन्य ८ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको भए पनि पार्टी केन्द्रमा देखिएको विवादका कारण अछाममा अधिवेशन ढिला भएको हो। अधिवेशन नजिकिएसँगै नेताहरू विभिन्न पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्। एमाले अछामको अध्यक्ष पदमा हालसम्म ७ जना आकांक्षी देखिएका छन् भने सचिव र उपसचिव पदका लागि समेत उल्लेख्य संख्यामा आकांक्षीहरू छन्। यही क्रममा, एमालेका युवा नेता सिद्ध प्रसाद ढुंगानाले उपसचिव पदमा आफ्नो सशक्त दाबी प्रस्तुत गरेका छन्। पछिल्लो अधिवेशनमा लोकप्रिय मतका साथ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका ढुंगानाले यसपटक उपसचिवको जिम्मेवारी सम्हाल्न सक्ने विश्वास व्यक्त गरेका छन्। “सहमतिको माध्यमबाट नेतृत्व चयन भए पनि म उपसचिव पदका लागि योग्य छ...
आईपीएल क्रिकेटमा चेन्नई हैदराबादसँग ५ विकेटले पराजित

आईपीएल क्रिकेटमा चेन्नई हैदराबादसँग ५ विकेटले पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको छ । हिजो भएको खेलमा जीतका लागि एक सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका इशान किसनले सर्वाधिक ४४ रन बनाए । चेन्नईका नुर अहमदले दुई, खलिल अहमत, अन्सुल कम बोज र रविन्द्र जडेजाले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ५४ रन बनाएको थियो । उसका डिवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन जोडे । हैदराबादका हर्षल पटेलले चार तथा प्याट कमिन्स र जयदेव उनादकटले दुई/दुई विकेट लिए । नौ खेलमा चेन्नईको यो सातौं हार हो । चेन्नई चार अङ्कसहित पुछारमा छ । याे हारसँगै महेन्द्र सिंह धाेनीकाे कप्तानीमा रहेकाे चेन्नई प्लेअफमा नपुग्ने भएकाे छ । हैदराबाद समान नौ खेलमा ६ अङ्कसहित तालिकाक...
बझाङका स्थानीय यार्चा पाइने पाटनतिर, गाउँघर रित्तिदैँ

बझाङका स्थानीय यार्चा पाइने पाटनतिर, गाउँघर रित्तिदैँ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ — हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलनको समय सुरु भएसँगै बझाङका स्थानीय यार्चा पाइने पाटन (लेक) तिर जान थालेका छन् । यार्चागुम्बा मुख्य आयस्रोत भएकाले स्थानीयहरू आवश्यक उपभोग्य सामग्रीसहित पाटन पुग्न थालेका हुन् । जिल्लाको बुङ्गल नगरपालिका, सुर्मा, साइपाल, छबिसपाथिभेरा, दुर्गाथलि, मष्टा , तलकोट गाउँपालिका लगायत क्षेत्रका बासिन्दाहरूले सातु–सामल (खानेकुरा, ओढ्ने ओछ्याउने सामग्री) सहित यार्चा पाइने पाटनतिर पुग्न थालेको स्थानीयहरूले बताए । स्थानीयहरू बाटोको अवस्था, हिउँको अवस्थालगायत प्रारम्भिक जानकारी लिएर फर्किरहेका छन् भने केही दिनमै यार्चा सङ्कलनका लागि पाटनमै बसाइ सर्ने तयारीमा छन् । बझाङको बुङ्गल नगरपालिका , सुर्मा गाउँपालिका, साइपाल गाउँपालिका लगायतका पाटनमा यार्चागुम्बा पाइन्छ । यार्चा र अन्य जडीबुटीहरू अधिकांश स्थानीयको जीविकोपार्जनको आधार बनेका छन् । यस क्षेत्रका...
वडाध्यक्ष विजय धामीको स्वरमा भावनात्मक लोकदेउडा गीत ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक

वडाध्यक्ष विजय धामीको स्वरमा भावनात्मक लोकदेउडा गीत ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का वडाध्यक्ष विजयबहादुर धामीको स्वरमा रहेको लोकदेउडा गीत ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक भएको छ। पारिवारिक भावनाले भरिएको यो गीत शुक्रबार सुनिल नेपाली ,अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा विजयधामीसँगै गायिका सोनिया परियारको पनि स्वर सुन्न सकिन्छ। यस गीतका शब्द गायक धामीका दिवंगत दाजु सत्यराम धामीले लेखेका हुन्। संगीत पनि धामीकै रहेको छ। म्युजिक भिडियोमा दशरथ जप्रेल, अशोक धामी, मनिषा सिंह, जानकी बोहरालगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियोलाई छबिसपाथिभेरा–७ का विभिन्न प्राकृतिक लोकेसनहरूमा छायांकन गरिएको छ, जसले गीतको भावनालाई जीवन्त बनाएको छ। वियोग, आत्मीयता र सम्झनाको गहिरो भाव बोकेको यो गीतले श्रोताको हृदय छोने अपेक्षा गरिएको छ। मौलिक लोकदेउडा शैलीमा आधुनिक स्वाद मिसाएर तयार पारिएको यो सिर्जनाले सांगीतिक क्षेत्रमै छुट्टै प्रभाव ...
व्यक्तिले समाज बनाउँछकी, समाजले व्यक्तिलाई

व्यक्तिले समाज बनाउँछकी, समाजले व्यक्तिलाई

ताजा अपडेट, मनोरञ्जन
व्यक्ति र समाजको सम्बन्ध जटिल छ तर सामान्य तया व्यक्तिले समाज बनाउँछ र समाजले व्यक्तिलाई बनाउँछ। दुवै एक अर्खा सँग अन्तरनिर्भर छन्। समाजले व्यक्तिलाई बनाउँछ, व्यक्ति जन्मँदा खाली मन जस्तो हुन्छ l परिवार, विद्यालय, समुदाय, संस्कृति, धर्म, परम्परा आदिले उसलाई आकार दिन्छन्। भाषाशैली, आचरण, सोच्ने तरिका समाजकै प्रभावमा निर्धारण हुन्छ। जस्तै बच्चा समाजमा बसेर नै बोल्न, हिँड्न र राम्रो नराम्रो छुट्याउन सक्छ। समाजको चलन अनुसार मानिसको व्यवहार परिवर्तन पनि हुन सक्छ जस्तोकी ग्रामीण समाजमा हुर्किएको व्यक्ति र सहरी समाजमा हुर्किएको व्यक्तिको सोचाई फरक हुन सक्छ। व्यक्तिले समाज बनाउँछ, समाज विभिन्न व्यक्तिहरूको समूह बाट बनेको हुन्छ। जब व्यक्तिले आ- आफ्नो योगदान दिन्छन् तब समाजको संरचना, नियम र संस्कृति विकास हुन्छ। जस्तै हामी बनाउँछौ हाम्रो धनगढी "सफा धनगढी हरियो धनगढी" अभियानका साथ धनग...
झोतामा ट्याक्टर बहस कार्यक्रम

झोतामा ट्याक्टर बहस कार्यक्रम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ — जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले केदारस्युँ गाउँपालिका–९, झोतामा 'ट्याक्टर बहस कार्यक्रम गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नव-प्रवर्तनिय कार्य अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ट्राफिक नियम उल्लंघनका कारण लाग्ने जरिवाना, कानुनी प्रावधान, सावधानीका उपायहरू, बीमा नपाउने अवस्था लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। नागरिकलाई सवारी सम्बन्धी जानकारी दिई सचेत बनाउने र सवारी दुर्घटनाबाट हुने धनजनको क्षति न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद कुमार बिष्टले जानकारी दिए। कार्यक्रममा केदारस्यूँ गाउँपालिका-९ का वडाध्यक्ष नन्दलाल बोहरा प्रमुख अतिथिका रूपमा सहभागी थिए, भने ट्याक्टर मालिक, चालक, सहचालक, अन्य सवारी चालक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।...
देवता आएको भन्दै नदीमा हामफाल्दा एक युवकको मृत्यु

देवता आएको भन्दै नदीमा हामफाल्दा एक युवकको मृत्यु

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुराको बुढीगंगा नदीमा डुबेर एक युवकको ज्यान गएको छ। खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षीय गणेश नेपालीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। गणेश नेपाली विगत केही दिनदेखि त्रिवेणी नगरपालिका–८ स्थित त्रिवेणीधाममा पितृकार्यका लागि बसिरहेका थिए। पितृ आए भनेर वर्ष ३२ की अञ्जली नेपालीले नदीमा हाम फालेकी थिइन्। उनलाई बगाउँदै लगिरहेको देखेपछि बचाउन गएका गणेश नदीमै डुबेर ज्यान गुमाएका हुन्। घटनामा वर्ष २७ का दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। गणेश नेपालीलाई उद्धार गरेर अछामको बयालपाटा अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। बाजुरामा देवीदेवता र पितृका नाममा भइरहेका अन्धविश्वासका घटनाहरूले चिन्ता बढाएका छन्। यसअघि पनि यस्तै विश्वासका कारण दुई जना ...
आईपीएलमा बेङ्गलुरुको जित, राजस्थानलाई ११ रनले हरायो

आईपीएलमा बेङ्गलुरुको जित, राजस्थानलाई ११ रनले हरायो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ–  भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ। दुई सय ६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन मात्रै बनाउन सक्यो। यससँगै बेङ्गलुरुले रोमाञ्चक जित हात पार्‍यो। यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रनको बलियो स्कोर खडा गरेको थियो। जितसँगै बेङ्गलुरु ९ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ। उता, राजस्थानले भने ९ खेलमा मात्र ४ अंक जोडेको छ र तालिकाको आठौं स्थानमा झरेको छ। १० टोली सहभागी आईपीएलमा गुजरात टाइटन्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ भने रनरेटको आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा रहेको छ। आईपीएल अन्तर्गत आज बेलुकी ७:४५ बजे चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने हुनेछन्।...
तीन दिनभित्र शिक्षकलाई स्कुल फर्काउन सर्वोच्चको सरकारलाई आदेश

तीन दिनभित्र शिक्षकलाई स्कुल फर्काउन सर्वोच्चको सरकारलाई आदेश

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाण्डौ- सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काएर पठनपाठनको वातावरण बनाउन सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले दिएको आदेशमा शिक्षालयमा नियमित पढाइ सुनिश्चित गर्न निर्देशन दिइएको छ। साथै, कक्षा १० (एसईई) को नतिजा समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा मिति नसार्न पनि अदालतले स्पष्ट आदेश दिएको छ। सर्वोच्चले शिक्षक आन्दोलनका कारण एसईईको नतिजा ढिलो हुन नदिन, र कक्षा १२ को परीक्षा समयमा नै गराउन सरकारलाई सचेत गराएको छ। लाखौं विद्यार्थीको भविष्य अन्योलमा नपरोस् भनेर अदालतले यस्ता संवेदनशील परीक्षा कार्यतालिका यथावत राख्न भनेको हो। बच्चाहरूको शिक्षा नअधिकारबाट वञ्चित नहोस् इजलासले देशभरका बालबालिकालाई शिक्षाको हकबाट वञ्चित नगर्न र नगराउन चेतावनी दिएको छ। साथै, आदेश जारी भएको मितिले चौथो दिनसम्म आदेशको कार्यान्वयन प्रगतिको प्र...
१६ वर्षमै डिभोर्सको पीडा- मिस पविको जीवन कथा, आँसु र आशाको संगालो

१६ वर्षमै डिभोर्सको पीडा- मिस पविको जीवन कथा, आँसु र आशाको संगालो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै डिभोर्स भएको खुलासा गरेकी छन्। हालै एक युट्युब अन्तर्वार्तामा उनले आफ्ना व्यक्तिगत संघर्ष, पीडा र जीवनबाट सिकेका पाठबारे खुलेर बोलेकी हुन्। उनले कानुनी रूपमा विवाह नभए पनि वैवाहिक सम्बन्ध टुटेको बताइन्। “म उसलाई कहिल्यै नराम्रो भन्न चाहन्न,” उनले भनिन्, “जे भयो, सकियो। पछुतो छैन। त्यो अनुभवबाट जीवनका धेरै कुरा सिकेँ, अगाडि बढ्नुपर्छ भन्ने थाहा पाएँ।” डिभोर्सको कुरामा मात्रै अल्झिरहनु ठीक होइन भन्ने धारणा राख्ने मिस पविले, विगतमा बसेर रोइरहने र दोषारोपण गरिरहनु व्यर्थ भएको बताउँछिन्। “त्यस समय म बच्चै थिएँ। अहिले २५ वर्षकी भइसकेकी छु, धेरै कुरा बुझ्न थालेकी छु,” उनले भनिन्। उनी भन्छिन्, “कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ। म आएको समाजमा त्यस्ता घटनालाई सहज रूपमा लिइँदैन। तर समयसँगै ती सबै कुराहरू कट्दै गए।”...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज