Advertisement

हाम्रो बारेमा

बैतडी प्रशासनमा एक घण्टाभित्रै सेवाकाे व्यवस्था

बैतडी प्रशासनमा एक घण्टाभित्रै सेवाकाे व्यवस्था

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले एक घण्टाभित्रै सेवा उपलब्ध गराउने व्यवस्था लागू गरेको छ । कार्यालयले शुक्रबारदेखि ‘वान आवर सर्भिस’ सुरु गरेको हो । सेवाग्राहीले कार्यालय प्रवेश गरेको एक घण्टाभित्र सेवा दिइने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए । आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै उपलब्ध गराइने उनले बताए । सेवा प्रवाहलाई छिटो, सहज र कर्मचारीलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो सेवा लागु गरेको उनले बताए । यसबाट सेवाग्राहीले प्रशासनिक सेवा लिन लामो समय प्रतीक्षा गर्नु नपर्ने अपेक्षा गरिएको छ । पछिल्लो समय जिल्ला प्रशासनमा सेवा लिनेको संख्या पनि घटेको छ । जिल्लाको दक्षिणी क्षेत्र मेलौली र पूर्वी क्षेत्रको पुर्चौडी नगरपालिकामा इलाका प्रशासन कार्यालय संचालनमा आए प...
सवारी ज्यान मुद्दामा दोषी ठहरिएका बैतडीका धानुक पक्राउ

सवारी ज्यान मुद्दामा दोषी ठहरिएका बैतडीका धानुक पक्राउ

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बैतडीको फैसलाअनुसार सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएका पुर्चौडी नगरपालिका-६ रत्नाका २१ वर्षीय दीपक धानुकलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले उनलाई सुर्नया गाउँपालिका-८ स्थित ढोल्यामोड बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका धानुकलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।...
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। त्यसैगरी, घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही क्षेत्रस्थित नालामा मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।...
काठमाण्डौबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाडी बन्द

काठमाण्डौबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाडी बन्द

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- लगातारको वर्षासँगै आएको पहिरो र बाढीको जोखिमका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने तथा भित्रिने अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा गएराति पहिरो खसेपछि काठमाडौं–चितवन–पोखरा जोड्ने पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिए पनि त्यसपछि पुनः पहिरो खसेकाले सवारी सञ्चालन हुन सकेको छैन। रातिदेखि नै आवागमन रोकिएकाले सडकमा जाम भने नभएको प्रहरीले जनाएको छ। यसबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार हाल काठमाडौंबाट बाहिरिने सवारीसाधन भट्टेडाँडा–हेटौँडा मा...
देशभर मनसुन सक्रिय, आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनको प्रभाव थप सक्रिय बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र आज राति देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली, पहाडी र तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। बागमती, म...
आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना

आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा विकसित प्रणाली उत्तर–पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिनमार्फत जानकारी गराएको छ । महाशाखाका अनुसार देशभरको हिमाली/पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक/दुई ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना छ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । आरिघोप्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर...
वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- चालु वर्षको वैशाख १ गतेदेखि हालसम्मको विवरण हेर्दा प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भएको देखिएको छ। प्राप्त तथ्याङ्कअनुसार यस अवधिमा सर्पदंशबाट मात्रै ३९ जनाको मृत्यु भएको छ। त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ जनाको मृत्यु भएको छ। हावाहुरी र पहिरोका कारण १३–१३ जनाले ज्यान गुमाएका छन् भने बाढीबाट १० र भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ। त्यस्तै ढुंगा पल्टेर २ जना, वन डढेलोबाट १, हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको छ। वैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट कुल १ सय ६४ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ८९ विपद्का घटना भएका छन्। यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ९ सय ८१ जना घाइते भएका छन्। त्यस्तै ४ हजा ५ सय ५ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी हावाहुरीबाट १ हजार ३ सय ५६, आगलागीबाट एक हजार परिवार प्रभावि...
कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई शनिबार पक्राउ गरिएको हो। प्रहरीका अनुसार डगौरा सापटी लिएको रकम फिर्ता गर्न भन्दै शनिबार राति करिब १० बजे स्थानीय एक महिलाको घर पुगेका थिए। महिलाको आरोपअनुसार उनले घरभित्र प्रवेश गरी कोठा बन्द गरेर जबरजस्ती करणी गरेका हुन्। घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ....
राजविराज कारागार तनावग्रस्त: जेलरको सरुवाको माग गर्दै कैदीबन्दीको आन्दोलन, आत्मदाह प्रयास

राजविराज कारागार तनावग्रस्त: जेलरको सरुवाको माग गर्दै कैदीबन्दीको आन्दोलन, आत्मदाह प्रयास

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
सप्तरी- सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ। राजविराज नगरपालिका-६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा आर्थिक अनियमितता गरेको तथा कैदीबन्दीबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलरको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। आन्दोलन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्न खोजेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आत्मदाहको प्रयासपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ। राजविराज-१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै चौकीदार कामेश्वर यादवले बाहिरका विनोद यादवमार्फत जेलर रूपक मण्डलको ना...
बझाङमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी, अदालतमा जबरजस्ती करणीका मुद्दासमेत बढे

बझाङमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी, अदालतमा जबरजस्ती करणीका मुद्दासमेत बढे

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला अदालत बझाङमा आर्थिक वर्ष २०८२-८३ मा सम्बन्धविच्छेद, अंश तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा उल्लेख्य वृद्धि भएको छ। मंगलबार पत्रकारहरूसँग वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै अदालतले आर्थिक वर्षभर अंश तथा सम्बन्धविच्छेदका ३९ वटा मुद्दा दर्ता भएको जनाएको छ। त्यसपछि जबरजस्ती करणी तथा करणीसम्बन्धी २२ र जग्गासम्बन्धी २१ वटा मुद्दा दर्ता भएका छन्। त्यसैगरी अंशबन्डाका १३, बालविवाह तथा बहुविवाहका १०, लागूऔषधका १०, चोरीका ९, अभद्र व्यवहारका ८, कुटपिट, लुटपाट तथा गालीबेइज्जतीका ७, ज्यान मार्ने उद्योगका ६, जालसाजीका ५, चेक अनादर तथा बैंकिङ कसुरका ५, सवारी ज्यान तथा हेलचेक्र्याइँका ५, बाल यौन दुरुपयोगका ४, कर्तव्य ज्यानका ४, आत्महत्या दुरुत्साहनका ४, बकपत्र बहसका ३, आपराधिक उपद्रवका ३, ठगीका २ र जग्गा खिचोलाका २ मुद्दा दर्ता भएका छन्। पालनपोषण, लेनदेन, राजीनामा लिखत पारित, नक्कली नोट...
हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने

हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- नेपाल टेलिकमले हराएको वा बिग्रिएको फिजिकल सिम तथा ई-सिमको सट्टा नयाँ सिम लिन सकिने अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा शुक्रबारदेखि लागू भएको हो। अब सेवाग्राहीले esim.ntc.net.np पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण भरेपछि नयाँ फिजिकल सिम वा ई-सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा फारममा उल्लेख गरिएको प्रतिनिधिमार्फत टेलिकमको काउन्टरबाट सिम प्राप्त गर्न सकिनेछ। सिम प्रतिस्थापनका लागि ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्नेछ। यदि प्रतिनिधिमार्फत सिम लिनुपर्ने भए प्रतिनिधिको नाम आवेदनमै उल्लेख गर्नुपर्नेछ। साथै प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो। टेलिकमका अनुसार उक...
कमैया मुक्तिको २६ वर्ष पूरा, समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन

कमैया मुक्तिको २६ वर्ष पूरा, समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
कमैया मुक्तिको २६ वर्ष पूरा भैसकेको छ । २०५७ साल साउन २ गते आजकै दिन सरकारले अनुचित ऋण (सौकी) मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने विश्वास गरेका थिए । सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा/धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ छ । मुक्तकमैया मध्ये एक कैलालीकी फूलमति डगौरा थारुका अनुसार यो समस्या धेरै ठाउँमा छ । सयौँ मुक्तकमैया परिवारले अझै पुनःस्थापनाका विभिन्न समस्या भोगिरहेका छन् । कतिपयसँग परिचयपत्र छ, तर पुनःस्थापनामा समेटिएका छैनन् । कतिपयसँग लालपुर्जा छ, तर श्रेस्ता छैन । कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ । सरकारी तथ्याङ्कअनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५०९ परिवारल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज