Advertisement

मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन  सरोकारवालासँग छलफल

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशमा ग्यासको आपूर्ति नियमित र सहज बनाउने विषयमा मुख्यमन्त्री खगराज भट्टले सरोकारवालासँग छलफल गर्नुभएको छ।

प्रदेशमा पछिल्लो समय ग्यास अभाव देखिएको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले नेपाल आयल निगम, ग्यास सप्लायर, डिलर, उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी,
उपभोगता हित संरक्षण , घरेलु तथा साना उधोग कार्यालय प्रमुख जिल्ला अधिकारी कैलाली , प्रहरी प्रमुख कैलाली , उधोग बाणिज्य संघलगायतका सरोकारवालासँग ग्यासको आपूर्ति र वितरण अवस्थाबारे जानकारी लिनुभएको हो।

मुख्यमन्त्री भट्टले भने उपभोक्तालाई ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था आउन नदिन नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। उहाँले आपूर्ति व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

निगमका प्रतिनिधिहरूले सुदूरपश्चिमका लागि नियमित रूपमा ग्यासको कोटा उपलब्ध भइरहेको तर, भारतमा रहेका करिब १५ वटा ग्यास बोकेका गाडी र कावड यात्राका कारण ढुवानीमा केही समस्या हुँदा बजारमा सिलिन्डर अभाव देखिएको बताएका छन्।

नेपाल आयल निगमका तर्फबाट ग्यास आपूर्तिमा कुनै ठूलो समस्या नरहेको र बजारमा पर्याप्त ग्यास रहेको बताइपनि अभाव किन भयो ? भनेर मुख्यमन्त्री भट्टले जिज्ञासा राख्नु।भएको थियो।  “जे जस्ता कारण भएपनि अभाव हुनु भएन, जनताको घरमा चुल्हो बल्न छोड्नु भएन” ।  वहाँले समस्या ततकाल पहिचान गरि उपभोक्तालाई आश्वस्त बनाउन समेत निर्देशन दिनुभयो।

छलफलमा ग्यासको कोटा प्रणालीलाई व्यवस्थित बनाउनुका साथै दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज