Advertisement

मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन  सरोकारवालासँग छलफल

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशमा ग्यासको आपूर्ति नियमित र सहज बनाउने विषयमा मुख्यमन्त्री खगराज भट्टले सरोकारवालासँग छलफल गर्नुभएको छ।

प्रदेशमा पछिल्लो समय ग्यास अभाव देखिएको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले नेपाल आयल निगम, ग्यास सप्लायर, डिलर, उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी,
उपभोगता हित संरक्षण , घरेलु तथा साना उधोग कार्यालय प्रमुख जिल्ला अधिकारी कैलाली , प्रहरी प्रमुख कैलाली , उधोग बाणिज्य संघलगायतका सरोकारवालासँग ग्यासको आपूर्ति र वितरण अवस्थाबारे जानकारी लिनुभएको हो।

मुख्यमन्त्री भट्टले भने उपभोक्तालाई ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था आउन नदिन नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। उहाँले आपूर्ति व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

निगमका प्रतिनिधिहरूले सुदूरपश्चिमका लागि नियमित रूपमा ग्यासको कोटा उपलब्ध भइरहेको तर, भारतमा रहेका करिब १५ वटा ग्यास बोकेका गाडी र कावड यात्राका कारण ढुवानीमा केही समस्या हुँदा बजारमा सिलिन्डर अभाव देखिएको बताएका छन्।

नेपाल आयल निगमका तर्फबाट ग्यास आपूर्तिमा कुनै ठूलो समस्या नरहेको र बजारमा पर्याप्त ग्यास रहेको बताइपनि अभाव किन भयो ? भनेर मुख्यमन्त्री भट्टले जिज्ञासा राख्नु।भएको थियो।  “जे जस्ता कारण भएपनि अभाव हुनु भएन, जनताको घरमा चुल्हो बल्न छोड्नु भएन” ।  वहाँले समस्या ततकाल पहिचान गरि उपभोक्तालाई आश्वस्त बनाउन समेत निर्देशन दिनुभयो।

छलफलमा ग्यासको कोटा प्रणालीलाई व्यवस्थित बनाउनुका साथै दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज