जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर
धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता दिपक साउँद कोहलपुर पुगेका छन्।
भदौ १८ गते गाउँ नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी साउँदको उपचार हाल कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।
नेता साउँदले मेडिकल कलेजमै पुगेर उपचारमा संलग्न चिकित्सक तथा घाइते साउँदका परिवारजनसँग भेट गरी उनको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन्। उनले घाइते साउँदको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेता साउँदसँगै माया मेट्रो अस्पताल धनगढीका मेडिकल निर्देशक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. मोहन साउँद, अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद र वरिष्ठ सर्जन डा. विनय तिमिल्सैना लगायतको टोली पनि कोहलपुर पुगेको थियो।
भालुको आक्रमणबाट गम्भीर घाइते ...











