Advertisement

दुई महिनामै भासियो सडक, प्रश्न उठ्दा पत्रकारमाथि खनिए निर्माण व्यवसायी संघ बझाङका अध्यक्ष बोहरा

Advertisement

बझाङ- निर्माण व्यवसायी संघ बझाङका अध्यक्षसमेत रहेका शेर बोहराले निर्माण गरेको सडक निर्माण सम्पन्न भएको दुई महिनामै भासिएपछि समाचार लेख्दा पत्रकारमाथि नै खनिएका छन्। बोहराको सुर्मा सरोवर निर्माण सेवाले निर्माण गरेको चैनपुर–ताक्लाकोट सडक भासिन थालेको समाचार प्रकाशित भएपछि बोहरा पत्रकारमाथि खनिएका हुन्।
उनले आफ्नो सामाजिक सञ्जालमा ‘धन्यवाद पत्रकार ज्यु । यता बाट बुझ्नु धेरै पढेको अर्को पुत्रकाड्ले’ भन्दै पत्रकारलाई लक्षित गरेका छन्। जिम्मेवार पदमा रहेका व्यक्तिबाट पत्रकारप्रति गरिएको यस्तो टिप्पणीले उनको जिम्मेवारी र जवाफदेहितामाथि नै प्रश्न उठेको छ। साथै पत्रकार समेत लेख्न नजानेको आरोप समेत लागेको छ । निर्माण व्यवसायीलाई देश विकासको मेरुदण्डका रूपमा हेरिन्छ। तर, आफ्नै निर्माणसँग जोडिएको सडक दुई महिनामै भासिँदा त्यसको कारण र जिम्मेवारीबारे जवाफ दिनुको साटो पत्रकारमाथि आक्रोश पोखिनुले थप प्रश्न जन्माएको छ।
यसअघि पनि कामना टुडेले ‘एक महिनामै भासियो चैनपुर–ताक्लाकोट सडक’ शीर्षकमा समाचार प्रकाशित गर्दा बोहरा पत्रकारमाथि खनिएका थिए। पछि उनले निर्माणमा कमजोरी भएको स्वीकार गरेपछि विषय केही समयका लागि सेलाएको थियो। तर, फेरि सोमबार सडक भासिएको विषयमा समाचार प्रकाशित भएपछि उनले समाचार सेयर गर्दै पत्रकारलाई लक्षित गरी उस्तै शैलीको टिप्पणी गरेका हुन्।
पक्की सडक भासिँदा जयपृथ्वी नगरपालिका–११ को रुइनाबगर र तलकोट गाउँपालिका–१ को सुनिकोटका ३० भन्दा बढी घर जोखिममा परेका छन्। बझाङ सदरमुकाम चैनपुरबाट करिब ५ किलोमिटर उत्तरमा रहेको सडकको रुइनाबगरमा गाउँको माथिल्लो भागतर्फ करिब ४० मिटर र सुनिकोट बजारभन्दा तल करिब ३० मिटर सडक भासिएको छ। दुवै स्थानमा सडक करिब एक मिटर तल दबिएको र भासिने क्रम अझै नरोकिएको सडक कार्यालयले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज