सुर्खेत- जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै परिवारका दिदीबहिनीको भिरबाट खसेको ढुंगा लागेर ज्यान गएको छ।
मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरू १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा रहेको कुशे–३ का वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।
भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बाख्रा हेरचाह गर्दै सुतिरहेकै बेला सोमबार राति करिब ९ बजे अचानक माथिबाट ढुंगा खसेको थियो। ढुंगा लागेर घटनास्थलमै दुवै जनाको मृत्यु भएको वडाध्यक्ष बुढाले बताए।
प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।

