Advertisement

हाम्रो बारेमा

अछाममा करेन्ट लाग्दा १ जनाको मृत्यु, ५ जना घाइते

अछाममा करेन्ट लाग्दा १ जनाको मृत्यु, ५ जना घाइते

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- कृष्णजन्माष्टमीको अवसरमा अछाममा झण्डा गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१, जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक सार्वजनिक स्थलमा नेपालकाे राष्ट्रिय झण्डा गाड्ने क्रममा प्रयोग गरिएको फलामे पाइप माथि रहेको तीन फेजको बिजुली तारमा छुँदा करेन्ट लागेको हो। करेन्ट लागेर मेल्लेख गाउँपालिका–७, नन्देगडाका १६ वर्षीय रोहित साँउद गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको बयालपाटा प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। घाइते हुनेमा बान्निगढी जयगढ–६ का १८ वर्षीय समिर शाह, १७ वर्षीय बिनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६, भाटाकाटियाका १६ वर्षीय शमशेर साँउद रहेका छन्। उनी...
बझाङमा दोस्रो महिला वडासभापति बनिन्- गीता

बझाङमा दोस्रो महिला वडासभापति बनिन्- गीता

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा दोस्रो पटक महिला वडासभापति चयन भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केदारस्युँ गाउँपालिका–४ मा सम्पन्न वडाभेलाले गीता कुमारी सिंहलाई वडासभापति चयन गरेको हो। भेलाले सिंहको नेतृत्वमा ९ सदस्यीय वडा समिति गठन गरेको छ। जसमा उपेन्द्र बहादुर मल्ल उपसभापति, उत्तम बहादुर मल्ल सचिवसहित अन्य सदस्य चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति, बझाङले जनाएको छ । महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै ऐतिहासिक रूपमा निर्वाचित सिंहको नेतृत्वबाट वडा मात्र नभई सम्पूर्ण बझाङकै महिला सशक्तीकरण अभियान अझ सशक्त हुने अपेक्षा गरिएको छ। यसअघि दुर्गाथलि गाउँपालिका- ५ मा वडा सभापतिको जिम्मेवारी अनु कडायतले पाइसकेकी छिन् । सम्पादित समाचार   ...
आज श्रीकृष्ण जन्माष्टमी

आज श्रीकृष्ण जन्माष्टमी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
सनातन धर्मावलम्बीहरूले शनिबार भाद्र कृष्ण पक्षको अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मोत्सव धुमधामका साथ मनाउँदैछन्। पुराणका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात, रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो। लोकमा अधर्म बढेपछि दानवहरूको अन्त्यका लागि भगवान् विष्णुले विभिन्न रूप लिने क्रममा कंसको संहारका लागि कृष्ण अवतार लिनुभएको उल्लेख छ। वासुदेव र देवकीका पुत्रका रूपमा कंसको कालकोठरीमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको ‘गीताज्ञान’ प्रसिद्ध छ। गीतामा कर्मअनुसार फल प्राप्त हुने, गरिसकेको काममा आशक्ति नराखी चिन्ता नगर्नुपर्ने सन्देश छ। श्रीमद्भागवतलगायत ग्रन्थहरूमा कृष्णले कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर, पुतना आदिको वध गरी लोकमा शान्ति स्थापित गरेको वर्णन पाइन्छ। जन्माष्टम...
मनसुन कमजोर हुँदै, कोशी–गण्डकीको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुन कमजोर हुँदै, कोशी–गण्डकीको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ — मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यससँगै नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने यथावत रहनेछ। आज बिहान सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। राति देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा मधेससहित बाँकी पहाडी र तराईका थोरै स...
बझाङमा मृतकको शव प्रहरीद्वारा ६ दिनपछि उद्धार

बझाङमा मृतकको शव प्रहरीद्वारा ६ दिनपछि उद्धार

Breaking News 1, जाजरकोट, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गम साईपाल गाउँपालिका–२ राईढुङ्गीमा गत साउन २३ गते भएको झडपमा एक जनाको ज्यान गयो । जडीबुटी संकलनका लागि राईढुङ्गी पुगेका जाजरकोट भेरी नगरपालिका–६ का २२ वर्षीय महेन्द्रराज भण्डारीको ढुङ्गा प्रहारबाट ज्यान गएको हो। घटना अत्यन्त दुर्गम तथा नेटवर्क नलाग्ने क्षेत्रमा भएकाले प्रहरीलाई साउन २४ गते मात्र जानकारी प्राप्त भएको थियो। सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले सदरमुकामबाट घटना स्थल पुग्न तीन दिनको कठिन यात्रा गरेको थियो। शव उद्धार गरी सदरमुकाम ल्याउन कुल ६ दिन लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी खगेन्द्र धमलाले जानकारी दिए। उद्धार गरिएको शव मृतकका आफन्तलाई बुझाइएको छ। कठिन परिस्थितिमा उद्धार कार्य सम्पन्न गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले पुरस्कारसहित सम्मान गरेको छ। ढुङ्गा प्रहार गर्ने जाजरकोटका २३ वर्षीय चन्द्रबहादुर पुन प्रहरी निय...
कैलालीमा करणी गरेको आरोपमा एक जना पक्राउ

कैलालीमा करणी गरेको आरोपमा एक जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा १८ वर्षीया युवतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ का ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार, पीडित युवतीले दिएको उजुरीका आधारमा बुधबार साँझ लोकेशलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
पश्चिम नेपालतर्फ मनसुन सक्रिय, भारी वर्षासँगै बाढी–पहिरोको जोखिम

पश्चिम नेपालतर्फ मनसुन सक्रिय, भारी वर्षासँगै बाढी–पहिरोको जोखिम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टामा मनसुन पूर्वी भूभागको तुलनामा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभर पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। आज राति पनि पहाडी भूभागमा सामान्य बदली रहनेछ। गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही स्थानमा मध्यम...
सुदूरपश्चिमका पहाडी गाउँ रित्तिँदै, तराईमा जनसङ्ख्या चाप बढ्दै

सुदूरपश्चिमका पहाडी गाउँ रित्तिँदै, तराईमा जनसङ्ख्या चाप बढ्दै

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू क्रमशः रित्तिँदै छन् भने तराईमा जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ। नौ जिल्लामध्ये कुल जनसङ्ख्याको २० प्रतिशत कञ्चनपुरमा मात्र रहेको छ। नेपालको २०७८ सालको जनगणनाअनुसार सुदूरपश्चिममा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ। यसमध्ये महिलाको संख्या १४ लाख २१ हजार ९९७ र पुरुषको संख्या १२ लाख ७२ हजार ७८६ छ। पुरुष रोजगारीका लागि भारत तथा तेस्रो देश जाने प्रवृत्ति बढी भएकाले यहाँ महिलाको जनसङ्ख्या (५२.७७ प्रतिशत) पुरुषको तुलनामा बढी देखिएको हो। प्रदेशका नौ जिल्लामध्ये अछाम, बैतडी, डोटी, बझाङ र डडेल्धुरामा जनसङ्ख्या घट्दो छ। हिमाली जिल्ला दार्चुलाको वृद्धिदर स्थिर छ। तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार पहाडी र हिमाली भेगबाट तराई–मधेशतर्फ बसाइँसराइ बढेकाले जनसङ्ख्या वितरणमा असन्तुलन देखिएको हो। अन्नको भण्डार...
कैलाली कारागार झडप प्रकरणमा सीडीओ हमाल गृह मन्त्रालय तानिए

कैलाली कारागार झडप प्रकरणमा सीडीओ हमाल गृह मन्त्रालय तानिए

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं - कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालयले पदबाट फिर्ता बोलाएको छ। गएको साउन २३ गते शुक्रबार राति कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु र ४८ जना कैदीबन्दी घाइते भएपछि सुरक्षा समन्वयमा कमजोरी देखिएको ठहर गर्दै बुधबार हमाललाई मन्त्रालय तानिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार, हमालको स्थानमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली पठाइएको छ। झडपका क्रममा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भरत चौधरीको मृत्यु भएको थियो। कैदीबन्दी आक्रामक बनेपछि दुई दिनसम्म कारागारमा तनावपूर्ण अवस्था रह्यो। मानव अधिकार आयोगको टोलीले पनि कारागार निरीक्षण गरेको थियो। उक्त घटनामा चौधरीमाथि आक्रमण गर्ने कैदीबन्दीको पहिचान गरी कारबाहीको माग गर्दै मृतकको परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको छ।...
कैलाली कारागार घटनामा निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न निर्देशन

कैलाली कारागार घटनामा निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न निर्देशन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले कैलाली कारागार परिसरमा साउन २३ गते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले पीडितलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई समेत निर्देशन दिएको हो। समितिले देशभरका कारागारमा दोहोरिन सक्ने यस्ता झडप तथा कुटपिटका घटना रोक्न कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन, कैदीबन्दीबाट नेतृत्व छनोट गरी आन्तरिक व्यवस्थापनको जिम्मेवारी दिने प्रावधानको पुनरावलोकन गर्न, अपराधको प्रकृति र बन्दीको सङ्ख्यानुसार अलग ब्लक वा कारागारमा राख्ने, श्रम तथा उत्पादनसँग जोड्ने रणनीति तय गरी कार्यान्वयन गर्न आग्रह गरेको छ। सभापति विमला सुवेदीले कारागार ...
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीरले मान्यता पाएनन्, रञ्जितानै यथावत

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीरले मान्यता पाएनन्, रञ्जितानै यथावत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहने निर्णय गरेको छ। पार्टीको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरे पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष कायम भएकी हुन्। श्रेष्ठ पटक–पटक विवादमा परेपछि साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर उनको स्थानमा चौधरीलाई अध्यक्ष तोकिएको थियो। भेलाको निर्णयअनुसार अध्यक्ष परिवर्तनको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगमा पत्र पठाइएको थियो। तर, आयोगले सो निर्णयलाई मान्यता नदिई रञ्जितालाई नै अध्यक्ष रहने निर्णय गरेको हो।...
कञ्चनपुरमा ३९ छाउगोठ भत्काइयो

कञ्चनपुरमा ३९ छाउगोठ भत्काइयो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिका–१० मा २३ र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो। उनका अनुसार बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजार क्षेत्रमा स्थानीय जनप्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय बासिन्दाको उपस्थितिमा छाउगोठ भत्काइएका हुन्। गत असारमा कृष्णपुर–१ निगालीकी २८ वर्षीया कमला दमाइको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो। त्यसपछि पालिकाहरूमा जनप्रतिनिधि र प्रहरीले संयुक्त रूपमा अभियान थालेका हुन्। बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले वडा ४ र १० मा २३ वटा छाउगोठ भत्काएको बताए। “पुनः छाउगोठ नबनियोस् भन्ने चिन्ता छ, त्यसैले सम्बन्धित परि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज