मध्यमदेखि भारी वर्षाको सम्भावना, मनसुन कमजोर तर प्रभाव जारी
काठमाडौँ- नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले हाल मनसुन केही कमजोर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।
सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भूभागसहित देशका अन्य पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।...











