सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ- देशभर सामान्यतया बदली भइरहेका बेला मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास सक्रिय रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव थप बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।
आज दिउँसो देशभर पूर्णतया बदली रहने र अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा मध्यम वर्षा हुने सम्भावना छ। सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र लुम्बिनी, गण्डकी तथा कर्णालीका केही स्थानमा भारी वर्षा हुने अ...











