भारी वर्षाले देशभर सडक अवरुद्ध, यात्रु बीच बाटोमै,,सरकारद्धारा आइतबार र सोमबार बिदाको घोषणा, जोखिम अझै कायमै
अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त बनेको छ। शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार बिहानदेखि देशभर फैलिएको छ।दशैं मनाएर कार्यस्थल फर्किँदै गरेका यात्रुहरू देशका विभिन्न सडक खण्डमा बीच बाटोमै अलपत्र परेका छन्। कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण, कुलेखानी र पासाङ ल्हामु लगायतका प्रमुख राजमार्गहरू अवरुद्ध छन्। सरकारले राहतस्वरूप आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसले बाटोमै रोकिएका र घरमा रहेका नागरिकको केही राहत दिएको छ।
गृह मन्त्रालयका अनुसार राजमार्गमा फँसेका यात्रुहरूलाई सुरक्षित स्थानमा पु¥याउन उद्धार कार्य जारी छ। विभिन्न युनिटहरू परिचालनमा छन् र हालसम्म ठूलो मानवीय क्षति भने भएको छैन। बाटोमा अलपत्र परेका यात्रुलाई काभ्रे, चितवन र कोशी राजमार्गलगायतका क्षेत्रमा स्थानीय होटल व्यवसायीहरूले खाना र बासको व्यवस्था मिलाएका छन्। गृह मन्त्रालयले सहजीकरणका लागि सब...











