Advertisement

भारी वर्षाले देशभर सडक अवरुद्ध, यात्रु बीच बाटोमै,,सरकारद्धारा आइतबार र सोमबार बिदाको घोषणा, जोखिम अझै कायमै

Advertisement

अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त बनेको छ। शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार बिहानदेखि देशभर फैलिएको छ।दशैं मनाएर कार्यस्थल फर्किँदै गरेका यात्रुहरू देशका विभिन्न सडक खण्डमा बीच बाटोमै अलपत्र परेका छन्। कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण, कुलेखानी र पासाङ ल्हामु लगायतका प्रमुख राजमार्गहरू अवरुद्ध छन्। सरकारले राहतस्वरूप आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसले बाटोमै रोकिएका र घरमा रहेका नागरिकको केही राहत दिएको छ।
गृह मन्त्रालयका अनुसार राजमार्गमा फँसेका यात्रुहरूलाई सुरक्षित स्थानमा पु¥याउन उद्धार कार्य जारी छ। विभिन्न युनिटहरू परिचालनमा छन् र हालसम्म ठूलो मानवीय क्षति भने भएको छैन। बाटोमा अलपत्र परेका यात्रुलाई काभ्रे, चितवन र कोशी राजमार्गलगायतका क्षेत्रमा स्थानीय होटल व्यवसायीहरूले खाना र बासको व्यवस्था मिलाएका छन्। गृह मन्त्रालयले सहजीकरणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
पाँचथरको कुम्मायक गाउँपालिकाको कात्तिके डाँडामा बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन्। त्यस्तै गोसाईंकुण्ड गाउँपालिका–४ मा बेरिङ खोल्साले बगाउँदा भक्तपुरका ४ जना बेपत्ता भएका छन्। भने कटहरिया नगरपालिका–२ मा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। रौतहटमा डुबानसमेत भएको छ, जहाँ पछिल्लो १२ घण्टामा महेशपुरमा ३२६ मिलिमिटर वर्षा र गौरमा ३०४ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै मौसम बिग्रँदै जाँदा आन्तरिक उडान पूर्णरूपमा बन्द छन् भने केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन्। विमानस्थलले मौसम सुध्रिएपछि मात्रै उडान सञ्चालन हुने जनाएको छ। मौसमविद्हरूका अनुसार आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी जिल्लाहरूमा थप भारी वर्षा हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार, “अझै संकट टरेको छैन। रातभर अति भारी वर्षाको सम्भावना छ, सोमबारसम्म सतर्कता आवश्यक छ।”
मधेशको पश्चिमी भागमा पछिल्ला २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी पानी परेको छ। अब विकसित मौसम प्रणाली पूर्वी नेपालतर्फ सर्दैछ। मौसमविद्हरूले आइतबार साँझदेखि इलाम र झापासम्म भारी वर्षाको सम्भावना चेतावनी दिएका छन्।
जोशीका अनुसार, “महाभारत र चुरे क्षेत्रमा साना बाढी र पहिरोको जोखिम उच्च छ। जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सूचना र सतर्कता सन्देश पठाइएको छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज