वेस्ट इन्डिजले युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा नेपाललाई १० विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १२२ रनमा समेटियो। वेस्ट इन्डिजले लक्ष्य १२.२ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो।
अन्तिम खेलमा हार्दै पनि नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ।

