बाजुराका बीर्खबहादुरले विमान कुर्दाकुर्दै प्राण त्यागे
बाजुराका एक जनाको विमान कुर्दाकुर्दै ज्यान गएको छ। जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका बिरामी बीर्खबहादुर कार्कीको मृत्यु भएको हो। मुगु खत्याड गाउँपालिकाका वडा नम्बर ११ का ६० वर्षीया कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्की लामो समयदेखि उच्च रक्तचापको बिरामी थिए। गत मंगलवार उनलाई नेपालगञ्ज रिफर गरिएको थियो। तर सडक बन्द भएकाले उनका आफन्तले विमानमा लैजाने योजना बनाएका थिए। तर उनले विमान कुर्दाकुर्दै राति १२ः३० बजे प्राण त्यागेका छन्।
विज्ञापन
कार्कीलाई ६ दिनदेखि खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि उनका आफन्तले गत मंगलवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो। उच्च रक्तचापका बिरामी कार्कीलाई लामो समय टाउक...












