Advertisement

बाजुराका बीर्खबहादुरले विमान कुर्दाकुर्दै प्राण त्यागे

Advertisement

बाजुराका एक जनाको विमान कुर्दाकुर्दै ज्यान गएको छ। जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका बिरामी बीर्खबहादुर कार्कीको मृत्यु भएको हो। मुगु खत्याड गाउँपालिकाका वडा नम्बर ११ का ६० वर्षीया कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्की लामो समयदेखि उच्च रक्तचापको बिरामी थिए। गत मंगलवार उनलाई नेपालगञ्ज रिफर गरिएको थियो। तर सडक बन्द भएकाले उनका आफन्तले विमानमा लैजाने योजना बनाएका थिए। तर उनले विमान कुर्दाकुर्दै राति १२ः३० बजे प्राण त्यागेका छन्। 

विज्ञापन

cp

कार्कीलाई ६ दिनदेखि खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि उनका आफन्तले गत मंगलवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो। उच्च रक्तचापका बिरामी कार्कीलाई लामो समय टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएकाले टाउकोमा रगत जमेको हुन सक्ने शङ्काले सिटीस्क्यानका लागि नेपालगञ्ज रिफर गरिएको थियो। मौसम खराबीका कारण विमान पनि आउन नसक्दा मध्यराति उनको ज्यान गएको हो। 

बिरामी हुँदा समयमै सुविधा सम्पन्न अस्पतालमा लान सक्दा जेठदेखि साउनसम्म बाजुराका ६ जनाले ज्यान गुमाएका छन्। कार्कीजस्तै तीन जना प्रेसर अर्थात उच्च रक्तचाप र एक जना लडेर घाइते भएको र दुई जना आन्द्राको समस्या भएकाले ज्यान गुमाएका छन्। 

विज्ञापन

Sonalika

कोल्टीदेखि नेपालगञ्जसम्मको हवाइ उडान समय ३० देखि ३५ मिनेटको छ। समयमै विमान आइदिएको भए कार्कीलाई समयमै सुविधा सम्पन्न अस्पतालमा पुगाएपछि बचाउन सकिने आफन्तहरुले बताएका छन्।  (दिनेश खबरबाट)

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज