Advertisement
Tuesday, April 29
Shadow

कैलालीको भजनिवासिलाइ बाढिकै डर, पानी परेको दिन जाग्राम

Advertisement

कैलालीको भजनीवासी पानी परेको रात सुत्न पाउँदैनन्। उनीहरु पानी परेको रातमा जाग्राम बस्छन। बर्खाको पानीले उनीहरुको भोक र निद्रा हराउने गरेको छ। आकाशमा कालो बादल मडारिँदा उनीहरु तर्सिन्छन् ।

भजनी नगरपालिका–१ की रशिला चौधरीले पानी पर्न साथ चयनको निद्रा सुत्न नपाउने बताइन्। उनले भनिन्, ‘पानी पर्नसाथ नदीको बाढी गाउँ पस्ने त्रास सुरु हुन्छ।’  भजनीका स्थानीयलाई ज्यानसँगै घर, खेत जोगिन्छ कि जोगिन्न भन्ने पिरलोले पनि सताउँछ।

विज्ञापन

cp

‘कुनै वर्ष साउन, भदौमै ठूलो बाढी आईदिन्छ त कुनै वर्ष असोज, कात्तिकमा। गत वर्ष भदौमा ठूलो बाढी आयो। रोपेको धान बगाएर लग्यो’उनले भनिन्। भजनीका नागरिकले बाढीको कारण हरेक वर्ष घर मर्मत गर्नुपर्छ। लिपपोत गरेको घर, बाढी आएर भत्काईदिन्छ। बाँकी काम ठाँती राखेर भए पनि पुनः घर बनाउनपर्ने उनीहरुको बाध्यता रहेको छ। 

भजनीवासीले २०६४ सालयता डुबान र कटानको पीडा निरन्तर भोग्दै आएका छन्। भजनीकी शोभा चौधरीले भनिन्, ‘खेत नभएको पनि होइन। तर, बाढीले गर्दा खेतमा फलेको अन्न कहिल्यै  भित्र्याउन पाउँदैनौं। गतवर्ष त एक गेडो पनि ल्याउन पाइएन।’

विज्ञापन

Sonalika

पछिल्लो समय बाढीले बर्खे धान नजोगिने भएपछि भजनी क्षेत्रका स्थानीयहरु विकल्पको रुपमा चैते धान रोप्न थालेका छन्। भजनी नगरपालिका–९ खुरह्रिया टोलका स्थानीय सीताराम चौधरीको गत वर्षको बाढीले घर र खेत पुरै डुबानमा पर्यो। भत्किन लागेको २ कोठे कच्ची घर थामथुम पारेर परिवारसहित ओट लाग्न बाध्य भएको सुनाउँछन् उनी।

घरसँगै रहेको १५ कठ्ठा धानखेत फुटबल मैदान जस्तै सफाचट भएको थियो। उनीसँगै छिमेकी अरु किसानको पनि लहलहाउँदो भई बाला पोसाउने बेला धानखेत बाढीले पूरै रित्तिएपछि भोकमरीको सामना गर्नु पर्याे। (दिनेश खबरबाट)

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
स्रोत नखुलेको करिब ४३ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको करिब ४३ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

कपिलवस्तु : स्रोत नखुलेको ४२ लाख ९० हजार ४ सय ४४ रुपैयाँसहित भारतीय नागरिक परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज