Advertisement

विश्वसनीय विपक्षीविनै क्याम्बोडियामा आम निर्वाचन

Advertisement

क्याम्बोडियामा लामो समयदेखि शासन गरिरहेका नेताले आफ्नो दलको शासन विस्तार गर्न सहज पार्ने जस्तो देखिएको आम निर्वाचनको मतदान जारी छ। त्यहाँ सत्ताधारी दलविरुद्ध कुनै गम्भीर प्रतिपक्ष चुनावमा मैदानमा छैन।

राजधानी प्नोम पेनमा भोट हाल्न आएका मतदाताले क्याम्बोडियन पिपुल्स पार्टी (सीपीपी)ले त्यहाँको संसद्का सबै १२५ वटै सिटहरू फेरि पनि जित्ने अपेक्षा गरेको बीबीसीलाई बताएका छन्।

करिब चार दशकदेखि सत्तामा रहेका हुन सेनले गत मे महिनामा एक मात्र विश्वसनीय प्रतिपक्षी दललाई चुनावमा भाग लिन अयोग्य घोषित गरेपछि उनले वास्तविक चुनौतीको सामना गर्नुपरेको छैन।

आलोचकहरूले यो निर्वाचनलाई ‘देखावटी’ भनेका छन्।

प्नोम पेनका एक जना मतदाताले बीबीसीसँग भने, “यो वर्षको चुनाव स्वतन्त्र र निष्पक्ष छैन किनभने २० लाख जनताको छनोट खोसिएको छ।”

अमेरिकालगायत पश्चिमी राष्ट्रहरूले पनि मतदानको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका छन्। मतदातालाई वास्तविक विकल्प छनोटको प्रस्ताव नगरिएकाले उच्च मत खसेको देखाउन सरकारले चुनाव बहिष्कार गर्ने वा मतपत्र बिगार्ने कुनै पनि प्रयासलाई अपराधका रूपमा वर्गीकरण गरेको छ।

विपक्षीमाथि आक्रमण

यस वर्ष विपक्षी सांसदहरूमाथि हिंसात्मक आक्रमणहरू भएको बताइएको छ।

ह्युमन राइट्स वाचले सरकारले चुनावी अभियानका क्रममा विपक्षीहरू धम्की दिने र जथाभाबी गिरफ्तार गर्ने क्रम बढाएको जनाएको छ।

गत मे महिनामा सरकारले देशको प्रमुख प्रतिपक्षी दल क्यान्डललाइट पार्टीलाई प्राविधिक रूपमा प्रतिबन्ध लगाएको थियो।

क्याम्बोडियाको निर्वाचन आयोगले उक्त दलले निर्वाचनका लागि आवश्यक पर्ने कागजी कार्यहरू पूरा नगरेको बताएको छ। यद्यपि गत वर्षको स्थानीय चुनावका लागि ती कागजपत्रहरू मागिएका थिएनन्।

क्यान्डललाइटले गत वर्षको स्थानीय चुनावमा २२ प्रतिशत मत पाएको थियो।

त्यसैले गर्दा हुन सेनले उक्त दललाई आफ्नो शासनका निम्ति सम्भावित खतराको रूपमा हेरेको विश्लेषकहरू बताउँछन्।

साङ्केतिक तस्बिर
साङ्केतिक तस्बिर

यो पनि हेर्नुहोस्

साङ्केतिक तस्बिर

छोरालाई अघि सार्दै हुन सेन

तर आइतवार बिहान राजधानीमा मतदान गरेका हुन सेनले आफ्नो जेठो छोरा हुन मानेटलाई शक्ति हस्तान्तरण गर्ने योजना बनाएको स्पष्ट सङ्केतहरू देखिएका छन् र सम्भवतः आगामी साताहरूमै त्यस्तो हुन सक्नेछ।

सेना प्रमुख समेत रहेका उनले आफ्ना पितासँगै सीपीपीको चुनावी अभियानको नेतृत्व गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार हुन सेन आफ्नो शासनकालमा लगातार थप अधिनायकवादी बन्दै गएका छन्।

यसै वर्षको सुरुमा क्याम्बोडियामा प्रमुख प्रतिपक्षी नेता केम सोखालाई कथित देशद्रोहको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको थियो।

त्यस्तै त्यहाँ एउटा प्रमुख समाचार संस्था ‘भ्वाइस अफ डेमोक्रेसी’लाई पनि बन्द गराइयो।

विश्लेषकहरूका अनुसार हुन सेनले प्रजातान्त्रिक संस्थाहरूलाई निशाना बनाएको र मतदानअघि विपक्षीहरूलाई निस्तेज पार्न खोजेको यो दोस्रो चुनाव हो।

सन् २०१८ मा उनको क्याम्बोडियन पिपुल्स पार्टीले न्याशनल एसेम्ब्लीका १२५ मध्यै सबै सिटमा चुनाव जितेको थियो।

राजनीतिक रूपमा नियन्त्रित अदालतले मुख्य विपक्षी गठबन्धनलाई विघटन गरिदिएपछि त्यो सम्भव भएको थियो।

हुन मानेट
तस्बिरको क्याप्शन,हुन सेनका छोरा हुन मानेट

विपक्षीका रूपमा साना दल

यस वर्षको निर्वाचनमा अन्य १७ वटा दलहरू सहभागी छन् तर ती सबैजसो साना, नयाँ वा सत्तारूढ दलसँग गठबन्धन गरेका पार्टी हुन्। ती दलहरूलाई विश्वसनीय प्रतिस्पर्धी मान्न सकिँदैन।

क्याम्बोडियाको अर्थतन्त्र अनिश्चित बनेका बेलामा चुनाव भएको हो। त्यहाँ इन्धनको मूल्य बढेको, ज्याला नबढेको र देशले ऋणको भारी बोक्नु परेको खबरहरू आइरहेका छन्।

यद्यपि हुन सेनले यो उनको अन्तिम कार्यकाल हुनसक्ने बताउँदै चुनावी अभियान चलाएका छन्।

सन् २०२१ मा उनले आफ्नो जेठो छोरालाई शक्ति हस्तान्तरण गर्ने बताएका थिए। उनका जेठा छोरा अहिले रोयल क्याम्बोडियन आर्मीको नेतृत्वमा छन्।

हान मानेट यो चुनावमा संसदीय सिटका लागि पहिलो पटक उम्मेदवार बनेका छन् र उनले शुक्रवार राजधानीमा पार्टीले निकालेको अन्तिम चुनावी जुलुसको नेतृत्व गरेका थिए।

हुन सेनले आफ्नो छोरो तीन वा चार सातामा “प्रधानमन्त्री” बन्न सक्ने सङ्केत गरे पनि गत बिहीवारसम्म सत्ता हस्तान्तरणका लागि कुनै समयसीमा दिइएको थिएन।

हुन सेनको उदय

हुन सेन

हुन सेनको पार्टीले सन् १९९० को दशकदेखि प्रत्येक पाँच वर्षमा हुने सबै ६ वटा राष्ट्रिय चुनावहरू जितेको छ।

उक्त दशकमा संयुक्त राष्ट्रसङ्घले १ करोड ६० लाख जनसङ्ख्या भएको उक्त दक्षिण पूर्वी एशियाली देशलाई दशकौँको गृहयुद्ध र खमेर रुज शासनपछि लोकतान्त्रिक व्यवस्थामा आउन मद्दत गरेको थियो।

हुन सेनले चार दशकभन्दा लामो समयदेखि सेना र प्रहरीमा नियन्त्रणलगायतका कार्यहरूका माध्यमबाट आफ्नो सत्तालाई बलियो बनाउँदै आएका छन्।

पर्यवेक्षकहरूका भनाइमा उनले आफ्ना विरोधीहरूलाई जेल वा निर्वासन पठाएर तह लगाउने गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज