Advertisement

तस्करहरूले चाहेर मात्रै ‘यत्रो सुन तस्करी गर्न असम्भव’

Advertisement

झन्डै १०० केजी सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि त्यसमा अग्रसरता लिएका छन्।

गृह मन्त्रालयमा बैठक र प्रधानमन्त्री प्रचण्डसँग उनको निवास बालुवाटारमा छलफल गरेपछि यस प्रकरणको छानबिनमा उनी संलग्न भएको देखिन्छ।

उनले विमानस्थलको पनि अनुगमन गरेका छन्।

त्यसअघि उनले बीबीसीसँगको कुराकानीमा सुन तस्करीको अनुसन्धान आफ्नो मन्त्रालयमातहतको निकायलाई पनि दिन चाहेको खुलाएका छन्।

यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन्।

पहिलाको अभ्यासको आधारमा राजस्व अनुसन्धान विभागले काम गरिरहेको उल्लेख गर्दै श्रेष्ठले भने, “मैले विभागका साथीहरूसँग पनि कुराकानी गरिरहेको छु तर यो सङ्गठित अपराध पनि भएको कारणले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) वा अपराध अनुसन्धान महाशाखाले गर्दा बेस हुन्छ कि भन्ने पनि छ।”

भन्सारभित्रै गडबडी?

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले एक अधिकृतसहित दुई कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिए।

“जाँचपासमा लापरबाही गरेकोमा निलम्बन गरिएको छ, अरू पनि हुन सक्छन्,” उनले बीबीसीसँग भने।

सीसीटीभीको फुटेज र एक्स-रे मशीनको रिपोर्ट निकालेर प्रारम्भिक अध्ययन गरिएको बताउँदै उनले तीसहित विस्तृत परीक्षण र अनुसन्धान चलिरहेको जनाए।

बरामद भएको सुन

राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार सुन तस्करी प्रकरणमा एक चिनियाँ र एक तिब्बती मूलका भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन्।

गृहमन्त्री श्रेष्ठले ती व्यक्तिहरूको बलबुतामा मात्रै तस्करी भएको कुरा पत्यारलाग्दो नभएको बताए।

“तस्करहरूको संलग्नताले मात्रै यो सम्भव हुँदैन, भित्र कहाँसम्म कोको संलग्न छन् भन्ने कुराको त अनुसन्धान गर्नैपर्ने हुन्छ। तर (भन्सार) भित्रको कुनै संलग्नताबिना त (सुन विमानस्थल) बाहिर निस्किँदैन।”

बरामद सुनबारे तथ्याङ्क

मातहतको कार्यालय शङ्कामा तर अर्थमन्त्री मौन

अहिलेसम्म एकैपटक फेला परेको सबैभन्दा ठूलो भनिएको सुन तस्करीबारे अर्थमन्त्री प्रकाशशरण महत मौन छन्।

भन्सार उनको मन्त्रालयअन्तर्गत पर्ने निकाय हो।

बीबीसीले उनीसँग सम्पर्कको निम्ति गरेको पटकपटकको प्रयास सफल भएको छैन।

प्रकाशशरण महत

अर्थ र प्रधानमन्त्री कार्यालय मातहतका विभागले अनुसन्धान गरिरहेका बेला अनुसन्धानमा चासो देखाएका गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतबीच शुक्रवार बिहानसम्म कुराकानीसम्म पनि भएको थिएन।

श्रेष्ठले भने, “उहाँ बाहिरबाट (विदेशबाट) आइसक्नुभएको छ तर कुराकानी भएको छैन। आज छलफल गर्छौँ।”

सुन तस्करीको मामिलामा अर्थ मन्त्रालय निष्क्रिय वा उदास रहेको उनले ठानेका हुन्? “त्यसरी नभनौँ, त्यसरी भन्न मिल्दैन,” श्रेष्ठले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ,सुन तस्करीबारे के भन्छन् गृहमन्त्री श्रेष्ठ?

‘राजनीतिक संरक्षणबिना असम्भव’

पूर्वअर्थमन्त्री युवराज खतिवडा त राजनीतिक संरक्षणबिना अनियमित काम सम्भव नहुने बताउँछन्।

आफू अर्थमन्त्री हुँदा पनि राजनीतिज्ञले कतिपय खराब भनिएका कर्मचारीलाई विमानस्थलमा पठाइदिन भनेको तर आफूले नटेरेको र सम्पूर्ण कर्मचारी सरुवाको जिम्मा सचिवहरूलाई दिएको उनले सुनाए।

“त्यसरी सरुवा हुने कर्मचारीले कसैसँग मोलाहिजा गर्नुपरेको हुँदैन र उसको कामको जबाफदेही सचिव हुन्छ,” खतिवडाले बीबीसीसँग भने।

“त्यसैले राजनीतिक रूपमा संरक्षण नभई भन्सारमा भ्रष्टाचार हुनै सक्दैन। दोस्रो कुरा, गृह र अर्थ मन्त्रालय नमिली यो हुनै सक्दैन।”

उनले सरुवा गर्दा ‘निष्ठापूर्वक काम गर्नु, कसैको कुनै दायित्व लिनु पर्दैन’ भनिदिँदा मात्रै पनि कर्मचारीले इमान्दारीपूर्वक काम गर्ने बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज