Advertisement

एनएसएलमा धनगढीले विरगञ्जलाई हरायो

Advertisement

कैलाली – नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीले विरगञ्ज युनाईटेड एफसीलाई हराएको छ। 

आईतवार दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्जमाथि २–१ को जित निकालेको हो। 

दुवै टिम प्रतियोगिताको पहिलो खेलमा मैदान उत्रिएका थिए, जसमा धनगढीले सुखद सुरुवात गर्यो।

खेलको दोस्रो मिनेटमा फोडे फोफानाको गोलमा धनगढीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बिरगञ्ज खेलमा फर्किएको थियो। बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा गोल निकाल्दै धनगढीले जित निकाल्न सफल रह्यो।

अहमद हिजाजीले खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई शानदार जित दिलाए। साविक उपविजेता धनगढीले जितसहित दोस्रो सिजनको सुरुवात गरेको छ। धनगढीले तालिकामा ३ अंक जोेडेको छ। एनएसएलको नवप्रवेशी टिम विरगञ्जले हारसहित सिजनको सुरुवात गरेको छ। आज (सोमवार) झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

औषधि ब्यबस्था बिभागका काम प्रति फार्मेशि सघं को आपत्ति

औषधि ब्यबस्था बिभागका काम प्रति फार्मेशि सघं को आपत्ति

काठमाडौं, नेपाल – नेपाल फार्मेसी संघले हालै औषधि व्यवस्था विभागद्वारा जारी गरिएको ‘Reserve Antibiotics’ सम्बन्धी सूचनाप्रति आपत्ति...
डडेल्धुराको एक वडा कार्यालयद्वारा एसईई अवधिभर मदिरा बिक्री वितरणमा रोक

डडेल्धुराको एक वडा कार्यालयद्वारा एसईई अवधिभर मदिरा बिक्री वितरणमा रोक

धनगढी- डडेल्धुराको एक वडा कार्यालयले मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्लाको आलिताल गाउँपालिका- ४ नम्बर वडा कार्यालयले एसईई प...
दार्चुलामा पैसा राख्ने गल्ला भित्र चरेश राख्ने महिला पक्राउ

दार्चुलामा पैसा राख्ने गल्ला भित्र चरेश राख्ने महिला पक्राउ

धनगढी- दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छन। जिल्लाको महाकाली नगरपालिका-१ छापरीमा सोही ठाउँ बस्ने ४६ वर्षीया जानकी कार्की ...
सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिन...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसं...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सा...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजन...
आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज