धनगढी – काठमाडौंको कोरियन भाषाका लागि प्रख्यात दिया एजुकेसनसँग धनगढीको साइनो एजुकेसनले प्राविधिक सहयोग र मेटिरियलसको लागि सम्झौता गरेको छ ।
दिया एजुकेसनको तर्फबाट मुख्य प्रशिक्षक एवम् लेखक, विवेक भट्ट र साइनो एजुकेसनको तर्फबाट निर्देशक, पदमराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौंमा कोरियन भाषाको लागि प्रख्यात दिया एजुकेसनका मुख्य प्रशिक्षक एवम् लेखक, विवेक भट्टले सुदूरपश्चिममा साइनो एजुकेसनले भाषा क्षेत्रमा गरिरहेको प्रयासमा साझेदारी गर्न पाउँदा खुशी लागेको बताए ।
सम्झौता अनुसार धनगढीको साइनो एजुकेसनको रेफ्रेन्स लिएर आउने विद्यार्थीलाई दिया एजुकेसनले विशेष छुट दिने छ ।
त्यस्तै धनगढीको साइनो एजुकेसनमा भर्ना भएर वा आधा पढेर काठमाण्डौंको दियामा जान चाहेमा सोही शुल्कमा कोरियन भाषा सिक्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३