कैलाली – नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको हो ।
यसअघि साँझ साढे ५ बजे सुरु हुँदै आएको खेल आजदेखि नै ५ बजे सुरु हुनेछ ।
झापा र काठमाडौं दुवै आफ्नो तेस्रो खेल खेल्दैछन् । दुई खेलमा एक जित र एक बराबरी खेलेको काठमाडौं ४ अंकसहित चौथो स्थानमा छ । काठमाडौंलाई आजको खेल जित्दै शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने मौका छ ।
उद्घाटन खेलमै स्पोर्टिङ इलामलाई हराएर विजयी सुरुवात गरेको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।
उता नयाँ टोली झापाले दुई खेल खेल्दा जित हात पार्न सकेको छैन । सिजनको पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरा थण्डर्ससँग अन्तिम सममया गोल गर्दै बराबरी खेलेको थियो ।
झापा पनि पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३