Advertisement

हाम्रो बारेमा

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनाेनित

समाचार
धनगढी - नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे छ । टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चाैधरी अध्यक्षमा निर्वाचित भएपछि बसेकाे पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे हाे । श्रेष्ठ रेशम चाैधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे बताउँदै नाउपाका अध्यक्ष चाैधरीले उक्त निर्णयकाे पत्र उनलाई पठाइएको बताए । नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेकाे छ ।...

प्रत्येक हप्ता नि:शुल्क ईपीएस अनलाइन टेस्ट गराउँदै दिया एजुकेसन 

समाचार
धनगढी - कोरियन भाषा पढ्न चाहने विद्यार्थीका लागि दिया एजुकेसनले प्रत्येक हप्ताको शनिबार नि:शुल्क ईपीएस अनलाइन टेस्ट परिक्षा गराइरहेको छ । काठमाडौंको कृतिपुर, नगाउँमा रहेको दिया एजुकेसनले प्रत्येक हप्ताको शनिबार गराउने ईपीएस अनलाइन परिक्षामा आजको शनिबार मीन सिंह मडैले सोधिएका सम्पूर्ण प्रश्नको उत्तर मिलाएर एक सयको रिचार्ज जितेका छन् । दिया एजुकेसनले गर्ने उक्त परिक्षा फेसबुक पेज 'Bibek Bhatta Korian Instructor' बाट प्रत्येक शनिबार बिहान १० देखि ५ बजेसम्म लाइभ हुने र  पेजलाई लाइक गरेका सबैले सहभागी हुन मिल्ने एजुकेसनमा कार्यरत भाष्कर भट्टले बताए ।...

धनगढीमा जेजे ट्रेडर्स सञ्चालन : बिजुली, प्लम्बिङ् र पेन्टका समान एकै छानामा

समाचार
धनगढी - धनगढीमा जेजे ट्रेडर्स एण्ड सप्लायर्स सञ्चालनमा आएको छ । धनगढीको चौराहा, गोदावरी रोडमा उक्त जेजे ट्रेडर्स सञ्चालनमा आएको हो । बर्जर पेन्ट्सका गुणस्तरीय पेन्टहरु, मंगलम पाइपका एनएस क्वालिटी सीपीईभीसी/पीभीसी प्लम्बिङका सामानहरु र सीजी ब्राण्डका आईएसओ प्रमाणित स्विच तथा वायरिङका सामानहरु पनि पाइने सञ्चालक यज्ञराज जोशीले बताएका छन् । यसैगरी बिजुली, प्लम्बिङ् र पेन्टका समान सम्बन्धी नि:शुल्क परामर्श पनि दिइने बताइएको छ ।...

बर्दगोरिया माघी मेला : आइतबार राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने

समाचार
बर्दगोरिया - कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा लागेको 'बर्दगोरिया धार्मिक पर्यटकीय माघी मेला'मा पौष २९ गते आइतबार विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुने भएको छ । मेलाको तेस्रो दिन तथा पौष २९ गते विद्यालय स्तरीय नृत्य प्रतियोगितासँगै चर्चित कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक वीर बहादुर चौधरीले जानकारी दिएका छन् । बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजनामा भई रहेको धार्मिक पर्यटकीय सांस्कृतिक माघी मेलामा पौष २९ गते चर्चित थारु गायक रमेश मिसन,आधुनिक गायक भरत ताम्राकार, चर्चित डान्सर सदिक्षा चौधरी, नेहल्जा चौधरी लगायत स्थानीय डान्स एकेडेमीका प्रस्तुतिहरू रहनेछन् । माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने गरी मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । बर्...

पुनर्वास सहकारीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

समाचार
कञ्चनपुर - सहकारीको दिगोपन स्वनियम र शुसाशन भन्ने मुल नारा सहित पुनर्वास कै अग्रणी संस्था पुनर्वास सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  २०२७ सालतिर कञ्चनपुरको दक्षिणी क्षेत्रमा तत्कालीन श्री ५ सरकारले पुनर्वास बस्ती बसाल्ने क्रम सँगसँ गै यो संस्था पनि स्थापना भएको थियो । संस्थाको ३१ औ‌ं साधारणसभाले भरत बहादुर बिष्टको अध्यक्षताम ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा राजु श्रेष्ठ (राजन ) जिल्ला प्रतिनिधि मा निवर्तमान अध्यक्ष परशुराम विस्वकर्मा र समितिको सदस्य हरूमा भोला कुमार श्रेष्ठ , योस्याङ तामाङ , गममाया तामाङ , खगेन्द्र ओझा , राजेन्द्र सिंह धामी , बिरबहादुर बोगटी , जयबहादुर बोहरा र बबिता श्रेष्ठ सर्वसम्मत चयन भएका छन । त्यसैगरी लेखा समितिको संयोजक मा रामचन्द्र भट्टराई , सदस्य मा देवी भट्ट र राजेश गुरूङ चयन भएका छन ।...

जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते

समाचार
धनगढी - बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  शनिबार बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।...

धनगढीको एक नास्ता पसलमा चोरी

समाचार
धनगढी - कैलालीको धनगढीमा एक नास्ता पसलमा चोरी भएको छ । शुक्रवार राति चटकपुरको लक्ष्मी नर्सरी नजिकै न्यूरोड चोकमा रहेको नास्ता पसलमा चोरी भएको हो । नास्ता पसल सञ्चालक राजकुमारी भट्टराईका अनुसार सटरको ताला तोडेर पसलमा चोरी भएको हो । चोरले पसलको गल्लामा राखिएको करिब चार हजार नगद र चार आना सुनको बाली लगेको भट्टराईले बताइन् ।  चोरले पसलमा रहेका भाडा वर्तन पनि चोरी गरेको भट्टराईले बताइन् ।...

धनगगढीको गिरिजा स्टोरबाट दुई लाख बढीको प्याज बरामद 

समाचार
कैलाली - धनगगढीको एक स्टोरबाट भन्सार छलीका प्याज बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ–गिरीजा स्टोरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख २७ हजार मूल्य बराबरको प्याज बरामद गरिएको हो ।  प्याजसहित धनगढी-२ शिवरत्नपुरका २७ वर्षीय धर्मेन्द्र चौधरीलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दीप चन्दले जानकारी दिए ।...

सुदूरपश्चिम सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ । सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।  सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको सङ्गोष्ठीको आयोजना गरेर यस सम्बन्धमा राय, सल्लाह सुझाव लिएको छ । सो गोष्ठीका अध्यक्ष सामाजिक विकासमन्त्री झपट बहादुर साउदले सरकारले आफ्नै लगानीमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्न लागेको बताए । गोष्ठीमा प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी कार्य गर्न गठित समितिका संयोजक डा. लवदेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राडा अम्मरराज जोशी र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वविद्यालयबारे विविध स्तुतीकरण गरेका थिए ।...

‘भ्वाइस अफ नेपाल’ काे पाँचाैँ सिजनकाे उपाधि विनोद राईलाई

समाचार
काठमाण्डाैं - 'द भ्वाइस अफ नेपाल'काे पाँचाैँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् ।  गएराति ललितपुर गोदावरीमा रहेकाे सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भाेटकाे आधारमा विजेता घोषणा गरिएको हाे ।  विजेता राई कोच मिलन नेवारकाे समूहबाट प्रतिनिधित्व गर्छन् ।  यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् । 'द भ्वाइस अफ नेपाल' काे पाँचाैँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए । ...

बझाङमा भूकम्पको धक्का   

समाचार
बझाङ - बझाङमा भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।...

दाङ बस दुर्घटना : चक्का नघुमेपछि बस नदीमा खसेको चालकको बयान

समाचार
दाङ - दाङको भालुबाङमा शुक्रबार राति भएको बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन् । सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि  बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए  । दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो । भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज