बर्दगोरिया – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा लागेको ‘बर्दगोरिया धार्मिक पर्यटकीय माघी मेला’मा पौष २९ गते आइतबार विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुने भएको छ ।
मेलाको तेस्रो दिन तथा पौष २९ गते विद्यालय स्तरीय नृत्य प्रतियोगितासँगै चर्चित कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक वीर बहादुर चौधरीले जानकारी दिएका छन् ।
बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजनामा भई रहेको धार्मिक पर्यटकीय सांस्कृतिक माघी मेलामा पौष २९ गते चर्चित थारु गायक रमेश मिसन,आधुनिक गायक भरत ताम्राकार, चर्चित डान्सर सदिक्षा चौधरी, नेहल्जा चौधरी लगायत स्थानीय डान्स एकेडेमीका प्रस्तुतिहरू रहनेछन् ।
माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने गरी मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
बर्दगोरिया धाममा पूर्वकालदेखि नै माघी मेला लाग्दै आएको छ । विशेषत थारु जातिको नयाँ वर्षको रुपमा लिँदै आएको माघ
महिनामा कैलाली र बर्दियाका विभिन्न क्षेत्रमा मेला लाग्ने गर्दछ । साथै माघि मेलाको अवसरमा भारतका तिकुनिया, शिंघाईबाट भक्तजन तथा पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।
परापूर्व कालदेखि पौराणिक महत्व बोकेको कन्या राजाको दरबार, साईबाबा मन्दिर, शिव मन्दिर, कुवा, पिरुवा, पुरेनाताल, राम जानकी मन्दिर, झरझरीया पिकनिक स्थल, ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचार प्रसारण गरिने जानकारी गराईएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३