
कैलाली – धनगगढीको एक स्टोरबाट भन्सार छलीका प्याज बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ–गिरीजा स्टोरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख २७ हजार मूल्य बराबरको प्याज बरामद गरिएको हो ।
प्याजसहित धनगढी-२ शिवरत्नपुरका २७ वर्षीय धर्मेन्द्र चौधरीलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दीप चन्दले जानकारी दिए ।