Advertisement

पुनर्वास सहकारीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

Advertisement

कञ्चनपुर – सहकारीको दिगोपन स्वनियम र शुसाशन भन्ने मुल नारा सहित पुनर्वास कै अग्रणी संस्था पुनर्वास सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

२०२७ सालतिर कञ्चनपुरको दक्षिणी क्षेत्रमा तत्कालीन श्री ५ सरकारले पुनर्वास बस्ती बसाल्ने क्रम सँगसँ गै यो संस्था पनि स्थापना भएको थियो ।

संस्थाको ३१ औ‌ं साधारणसभाले भरत बहादुर बिष्टको अध्यक्षताम ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा राजु श्रेष्ठ (राजन ) जिल्ला प्रतिनिधि मा निवर्तमान अध्यक्ष परशुराम विस्वकर्मा र समितिको सदस्य हरूमा भोला कुमार श्रेष्ठ , योस्याङ तामाङ , गममाया तामाङ , खगेन्द्र ओझा , राजेन्द्र सिंह धामी , बिरबहादुर बोगटी , जयबहादुर बोहरा र बबिता श्रेष्ठ सर्वसम्मत चयन भएका छन । त्यसैगरी लेखा समितिको संयोजक मा रामचन्द्र भट्टराई , सदस्य मा देवी भट्ट र राजेश गुरूङ चयन भएका छन ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले शुभकामना व्यक्त गर्दै पुनर्वास कै जेठो सहकारी को उन्नति र प्रगति को कामना गरेका थिए । पुनर्वास सहकारी क्षेत्र भित्र निर्माणाधीन चिस्यान केन्द्रले पुनर्वासका अधिकांस किसानको जिवनस्तरमा निकै सुधार हुने आशा पलाएको नगर प्रमुख शर्माले बताका थिए । 

संस्था लाई राम्रो सँग चलाउन सञ्चालक समिति जिम्मेवारी कर्मचारीहरूमा ईमनदारीता हुनुपर्छ भनि औल्याउँदै किसानले उत्पादन गरेका तरकारी तथा फलफूल हरू चिस्यान केन्द्रमा स्टोर गरि उचित मुल्यमा बिक्रीवितरण गर्न पाउने तथा पुनर्वासी जनताले पनि तरकारी तथा फलफूल उपभोग गर्न पाउने शर्माले बताए ।

नवनिर्वाचित समितिका अध्यक्ष भरतबहादुर बिष्टले संस्था मा आईपर्ने हरेक चुनौतीको सामना गर्दै संस्थालाई नमुना सहकारीको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका व्यवस्थापक एक कुमार श्रेष्ठले आर्थिक बर्ष ०८०/८१ को कुल ८ करोड ६६ लाख ४३ हजार पाँच सय बराबरको बार्षिक आयव्यय प्रस्तुत गरिएको थियो भने आगामी आर्थिक बर्ष का लागि अनुमानित रकम ९ करोड ९७ लाख ४६ हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए भने लेखा संयोजक रामचन्द्र भट्टराईले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आवधिक बचत कारोबार , दैनिक ऋण कारोबारमा , दैनिक बचत कारोबार , गुणस्तरीय एबं बढी परिणाममा दूध बिक्री कारोबार तथा नियमित दुध बिक्री कारोबारमा सर्वोत्कृष्ट योगदान पुर्याउने ८ जना सेयर सदस्य लाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष परशुराम बिस्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथिमा निवर्तमान मेयर जीवनराज थापा , निवर्तमान उप मेयर शारदा बिष्ट धामी रहेकि थिईन , कार्यक्रम को अतिथिहरूमा पुनर्वास नगरपालिका सहकारी बिभाग अधिकृत धौलराम सार्की , पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझी , रेडक्रस पुनर्वास उपशाखा सभापति कृष्णबहादुर तामाङ , विभिन्न वडाका अध्यक्ष तथा सदस्य , विभिन्न सहकारी का अध्यक्ष तथा सञ्चालक सदस्य लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्था कि उपाध्यक्ष मेनुका उप्रेती को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक एक कुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज