बझाङमा आगलागीबाट एक भैंसीसहित दुई गोठ जले
बझाङ - बझाङमा आगलागी भएको छ। जिल्लाको मष्टा गाउँपालिका–७ तल्ला ठकुन्नामा आगलागीबाट एक भैंसीसहित दुई गोठ जलेका छन् ।
शनिबार राति १० बजेको समयमा ठकुन्ना गाउँ नजिकै रहेको स्थानीय धुर्व बोहरा र जब्बरे बोहराको गोठमा आगलागी भएको हो । स्थानीयले राति गोठ जलेको देखेपछि त्यहाँ पुगेका थिए ।
तत्काल आगलागी नियन्त्रणमा लिन नसकेर गोठमा बाँधेको एउटा भैंसी जलेको र अन्य पशुचौपायाहरुलाई बाहिर निकालिएको वडा अध्यक्ष धनबहादुर जेठाराले बताए । आगलागीबाट करिब डेढ लाख बढी क्षति भएको अनुमान गरिएको छ ।...

