Advertisement

शिक्षासँग नाता जोड्दै धनगढीको ‘साइनो एजुकेशन’

Advertisement

धनगढी – धनगढी उपमहानगरपालिका-१ हसनपुर, ‘TCN’ चोकमा रहेको  साइनो एजुकेसन एक वर्ष भित्रै शिक्षासँग नाता जोड्न सफल भएको छ। खुलेको छोटो समयमै साइनोले आफ्नो उष्कृटता देखाउँदै आएको छ।

सुदूरपश्चिममै राम्रो पढाइको वातावरण उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी रोहित चन्द र पदमराज जोशीले सञ्चालनमा ल्याइएको साइनो एजुकेशनमा बिद्यार्थीहरुको निक्कै चहलपहल देख्न सकिन्छ।

साइनोले भाषा कक्षाहरुलाई विशेष जोड दिँदै जापानीज, कोरियन, अङ्ग्रेजी लगायत भाषाहरू पढाउँदै आइरहेको छ ।
यस्तै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई उचित परामर्श र सत्य सूचना दिँदै IELTS/PTE का पनि उत्कृष्ट कक्षाहरू संचालन गरेको छ।

साइनोमा कक्षा लिन थालेपछि आफ्नो पढाइमा सुधार भइरहेको साइनोमा अध्ययनरत विद्यार्थीले बताएका छन्। त्यहाँ अध्ययनरत विद्यार्थका अनुसार साइनोमा विषय शिक्षकको कमी नभएको र राम्रो गुणस्तरमा पढाइ हुने बताएका छन्।

व्यवस्थित कक्षाकोठा, नि:शुल्क शैक्षिक सामग्री उपलब्ध गराउने साइनोमा उचित पार्किङको पनि व्यवस्था गरिएको छ।

सुदूरपश्चिममै राम्रो पढाइको वातावरण मिलाउने र यहाँका विद्यार्थीलाई धनगढीमै उत्कृष्ट शिक्षा दिन साइनोले सधै भूमिका खेल्ने सञ्चालकले बताएका छन्।

शिक्षा क्षेत्रमा विश्वासिलो र भरपर्दो संस्थाका रुपमा परिचय बनाउँदै गइरहेको साइनो एजुकेसनले सुदूरपश्चिमका विद्यार्थीहरुलाई काठमाण्डौं जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ आफूहरुको ध्यान रहेको अध्यक्ष रोहित चन्दले बताएका छन्।

त्यस्तै लामो समय कोरिया बसेका र काठमाण्डौं समेत पढाई  सकेका प्रशिक्षकबाट कक्षा सञ्चालन गराउँदै आएको उनले बताए।

भाषा कक्षाहरुमा छोटो समयमा सयौं विद्यार्थीहरुको मन जित्न सफल साइनो एजुकेशनले EPS topic exam का लागि आफ्नै ट्याबसहितको ल्याब बनाएको छ, जसमा हरेक दिन विद्यार्थीहरू परीक्षा दिइरहेको देखिन्छ।

हरेक शनिबार बिद्यार्थीहरुको साप्ताहिक परीक्षा सञ्चालन गरिने र फिडब्याक दिने काम हुने गरेको छ। जसले गर्दा बिद्यार्थीहरुको हरेक हप्ताको मूल्यांकन हुने र पढाइ सुधार गर्न मद्धत मिल्ने गरेको छ। साइनोले आफ्नै मेटेरियलसको पनि व्यवस्था गरेको छ।

यस शिक्षा नगरी धनगढीमा रहेको साइनो एजुकेसनले सुदूरपश्चिममा रहेका विद्यार्थीहरुलाई भरपर्दो सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज