धनगढी – धनगढीमा रहेकाे हिमालयन गाैरीशंकर डेन्टल क्लिनिक प्रालीका सञ्चालक रतन एसके र विमला चाैधरी एसकेले आफ्नो छोरा प्रिन्स एसकेको जन्मदिनमा धनगढीमा रहेको मानवसेवा आश्रमका सहयोग गरेका छन् ।
शनिबार प्रिन्स एसकेको जन्मदिनमा उनीहरुले आश्रमको व्यवस्थापन कार्यका लागि नगद १५ हजार सहयोग गरेका हुन् ।
छोरा प्रिन्सको जन्मदिनमा काेही नभएका र केही नभएका व्यक्तिहरुकाे सेवामा समर्पित हुँदै आईरहेकाे यस आश्रमलाई सहयाेग गर्न पाउँदा आफुलाई आनन्दकाे महशुस भएको रतन एसके बताएका छन् ।
उनले यस मानवीय सेवाकाे कार्यमा आगामी दिनहरुमा पनि सहयाेग गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३